भीरकाटेको भीरमा सुरुङ निर्माणको तयारी

म्याग्दी : मुस्ताङ जोड्ने सडक मार्ग बेनी–जोमसोम सडकखण्डको जोखिमयुक्त ठाउँ भीरकाटेमा सुरुङ निर्माणको तयारी गरिएको छ।कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत बेनी–जोमसोम खण्डमा अक्करे पहाडमा सुरुङ निर्माणको तयारी भएको हो।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ भीरकाटेमा केही वर्षदेखि वर्षायाममा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधान सुल्झाउन सुरुङ निर्माण गरिने भएको हो। झण्डै ३६० मिटर लम्बाइको सुरुङ निर्माण गरिने आयोजनाले जनाएको छ।सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त य

सम्बन्धित सामग्री

अब सुरुङ युगमा जानुपर्छ : स्वर्णिम वाग्ले

२७ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जानु पर्ने बताएका छन् । आज बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्‍याउने भएकोले यसको महत्व भएको बताए । यो आयोजना महत्वपूर्ण आयोजना भएको उनको भनाइ छ । यसले समयको बचत […]

राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिँदै

बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ। ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो। प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत…

सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्न सुरु

काठमाडौं : राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माण कार्य सुरु भएको छ। आज विहानदेखि टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएको हो । उर्जा मन्त्री पम्फा भुसालले सुरुङ खन्ने कार्यको अनुगमन तथा निरीक्षण गरेकी थिइन्।  सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ११ अर्ब रुपैयाँमा पाएको छ। कमलामाई नगरपालिका–२, कुसुमटारमा प्लेटफर्म निर्माणको काम पूरा गरेपछि टीबीएम मेसिनमार्फत औपचारिक रूपमा सुरु

सुरुङ मार्गको अध्ययन गर्दै बेथान चोक

काभ्रेको बेथान चोक गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सुरुङ मार्गको सम्भाव्यता अध्ययन थाल्ने भएको छ । कम समयमा प्रदेश राजधानी हेटौंडा र गाउँपालिका केन्द्र जोड्दै काभ्रेको पनौती नगरपालिका पुग्ने गरी बेथान चोकले सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययनको योजना ल्याएको हो ।उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययनको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा कुल १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका प्रमुख भगवान अधिकारीको नेतृत्वमा गाउँसभाबाट सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न स

काठमाण्डौ तराई द्रुत मार्गमा सुरुङ निर्माणको काम सुरु

काठमाडौं, फागुन १७ ।काठमाडौं–तराईरमधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण सुरु भएको छ । द्रुत मार्गमा तीनवटा सुरुङ बन्ने डिजाइन गरिएको छ । द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका अनुसार द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्गको डिजाइन सम्पन्न भई स्वीकृतसमेत भइसकेको छ। सैनिक प्रवक्ता नारायण सिलवालले सुरुङ मार्गका दुइटै प्याकेजको […]

सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

काठमाडौं, फागुन १०। नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ । सुरुङ मार्गमा खटिएका […]

नागढुंगा सुरुङ निर्माणको काम ४० प्रतिशत सकियो, समग्र भौतिक प्रगति ३० प्रतिशत

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको सुरुङ निर्माणको काम ३९ दशमलव ६६ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो दुई हप्ताको समेत जोडेर आयोजनको समग्र भौतिक प्रगति भने ३० प्रतिशत पुगेको आयोजना प्रमुख नरेशमान...

तिनकुने जडिबुटी सडकमा सुरुङ मार्ग

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा कोटेश्वर सडक खण्डमा सुरुङ मार्ग निर्माणको कार्य अगाडि बढाउने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट घोषणा गर्दै तिनकुनेदेखि जडिबुटीसम्मको खण्डमा सुरुङ मार्ग बनाउने घोषणा गरे। उक्त खण्डमा सुरुङ मार्गमा बनाएमा काठमाडौंको जाम घट्ने सरकारी आँकलन छ।

तीनकुने देखि जडिबुटीसम्म सुरुङ मार्ग बन्ने

काठमाडौः काठमाडौंको कोटेश्वरमा हुने सवारी जाम कम गर्न सरकारले सुरुङ मार्ग बनाउने भएको छ। अर्थमन्त्री बिष्णु पौडेलले तीनकुनेदेखि जडिबुटीसम्म सुरुङ मार्ग बनाउने जानकारी दिएका हुन्। सुरुङ मार्ग निर्माणको लागि १ अर्ब ८० करोड रुपैयाँ बनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

निषेधाज्ञामा रोकिएन सुरुङ निर्माणको काम

काठमाडौं। निषेधाज्ञाको समयमा पनि नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको काम निरन्तर भइरहेको छ। आयोजना प्रमुख नरेशमान शाक्यले निषेधाज्ञामा निर्माणको काम नरोकिने बताए। उनले भने, "स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै कम अगाडी बढाएका छौं।" अहिलेसम्म मुख्य सुरुङ ११४ मिटर र सहायक सुरुङको २३३ मिटर खनिएको उनले बताए। आयोजनामा काम गरिरहेका ६५० जना कामदारलाई त्यँही राखिएको छ।