सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्न सुरु

काठमाडौं : राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माण कार्य सुरु भएको छ। आज विहानदेखि टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएको हो । उर्जा मन्त्री पम्फा भुसालले सुरुङ खन्ने कार्यको अनुगमन तथा निरीक्षण गरेकी थिइन्।  सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ११ अर्ब रुपैयाँमा पाएको छ। कमलामाई नगरपालिका–२, कुसुमटारमा प्लेटफर्म निर्माणको काम पूरा गरेपछि टीबीएम मेसिनमार्फत औपचारिक रूपमा सुरु

सम्बन्धित सामग्री

सुनकोसी मरिण डाइभर्सन सुरुङको काम ८ महिनामै आधा सकियो

सबैजसो राष्ट्रिय गौरवका आयोजनाको काम निराशाजनक भइरहेको समयमा सुनकोसी मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने कामको प्रगति लक्ष्यभन्दा बढी भएको छ । आठ महिनामा सुरुङ खन्ने काम करिब आधा सकिएको छ । १३.३ किलोमिटर लामो सुरुङमध्ये शुक्रबारसम्ममा ६.६ किलोमिटर खन्ने कार्य भएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाले जनाएको छ । गएको असोज २८ गतेबाट सुरुङ खन्न सुरु गरिएको थियो ।

तीन महिनामा दुई किलोमिटर सुरुङ

सिन्धुली, माघ ६ । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, […]

सुनकोसी-मरिण डाइभर्सन आयोजना: ८३ दिनमा २१ सय मिटर सुरुङ खनियो

सुनकोसी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम प्रगति लक्ष्यभन्दा बढी भएको छ । काम सुरु भएको ८३ दिनमा २.१ किलोमिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाले जनाएको छ । गएको असोज २८ गतेबाट टनेल बोरिङ मेसिन (टीबीएम)को सहयोगमा सुरुङ खन्न सुरु गरिएको थियो ।

सुनकोसी–मरिण डाइभर्सन: डेढ महिनामा १ किमि सुरुङ

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माणले गति लिएको छ । निर्माण थालिएको डेढ महिनामा १ किलोमिटर सुरुङ खनिएको आयाोजनाले जनाएको छ । टनेल बोरिङ मेसिनबाट गत असोज २८ बाट सुरुङ खन्न सुरु गरिएको थियो ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्न सुरु, ८ प्रतिशत बढी भौतिक प्रगति

सरकारको मुख्य प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति ८ दशमलव ८० प्रतिशत प्रगति भएको आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिए।...

तीन महिनामा दुई किलोमिटर सुरुङ

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।