सुरुङ मार्गको अध्ययन गर्दै बेथान चोक

काभ्रेको बेथान चोक गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सुरुङ मार्गको सम्भाव्यता अध्ययन थाल्ने भएको छ । कम समयमा प्रदेश राजधानी हेटौंडा र गाउँपालिका केन्द्र जोड्दै काभ्रेको पनौती नगरपालिका पुग्ने गरी बेथान चोकले सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययनको योजना ल्याएको हो ।उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययनको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा कुल १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका प्रमुख भगवान अधिकारीको नेतृत्वमा गाउँसभाबाट सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न स