कात्तिक १८, काठमाडौं । बिहीवार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ५०० ले घटेको सुनको भाउ बिहीवार पनि सोही अंकले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ५०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको थियो ।
यस्तै, बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधवार प्रतितोला रू. १ हजार २२५ मा कारोबार भएको चाँदी बिहीवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।