सुनको मूल्य घट्ने क्रम जारी, आज कति छ बजार भाउ ?

केही दिनयता लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य आज बुधबार थप ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै घट्दै आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।  तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि हुँदै बुधबार