काठमाडौं : इन्धनको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन तथा आयल निगमको कार्यालय घेराउ गरेका छन्।विभिन्न १५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन्। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि देशका मूल शहरहरूमा त्यसको विरोध भइरहेको छ।आयल निगमले पछिल्लोपटक खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँ र डिजेल पेट्रोल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ। विद्यार्थी संगठनहरूले मूल्यवृद्धि फिर्ता हुनैपर्ने बताउँद