वीरगञ्जमा मोफसलमै पहिलो पटक ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट’ हुँदै

मंसिर १५, वीरगञ्ज । वीरगञ्जमा आउँदो फागुनमा मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट हुने भएको छ । नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको हो । एनवाईइएफले बुधवार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरेर आगामी फागुनको १२ देखि १५ गतेसम्म प्रदर्शनी सञ्चालन हुने जानकारी दिएको हो । वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क रहेको खाली स्थानमा प्रदर्शनी आयोजना गरिने एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए । स्वदेशी उद्यम र उत्पादन प्रवर्द्धनको उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न उत्पादनका लागि १३० ओटा स्टलको व्यवस्था मिलाइने आयोजकले बताएको छ । प्रदर्शनीमा स्वदेशमा उत्पादित औद्योगिक उत्पादन, सेवा व्यवसाय, घरेलु तथा हस्तकलाका उत्पादन, प्रविधि, स्थानीय कला संस्कृति, साहित्य, स्थानीय खानाका परिकारलगायतको प्रदर्शनी गरिने भएको छ ।  प्रदर्शनीको लागि स्टल बुकिङ शुुरू भइरहेको र महिला तथा फरक क्षमताका उद्यमीहरूका लागि स्टलमा विशेष सहुलियत दिइने पनि आयोजकले बताएको छ । नेपाली उद्यमीहरूबीच अनुभवको आदान–प्रदान र अवसरको उपयोगमार्फत देशको आर्थिक विकासको उद्देश्यलाई सघाउने लक्ष्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको अध्यक्ष अग्रवालले बताए । ‘उद्यमशीलताको भावना जागृत गराउँदै नयाँ सोच र खोजका साथ उद्यम व्यापारलाई देशको आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने अभियानअन्तर्गत प्रदर्शनी आयोजना हुन लागेको हो,’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।  प्रदर्शनीका क्रममा उद्यमशीलता र नवप्रवर्तनका विषयमा तालीम, ब्राण्डिङ, कार्यशालालगायतका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । उद्यमशीलता विकासका लागि अध्ययन र अनुसन्धानको अवसर उपलब्ध गराउने, सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न प्रोत्साहन गर्ने, उद्यम तथा व्यापार क्षेत्रका नीतिगत र प्रक्रियागत अप्ठेराहरूलाई समाधानको पहल प्रयास गर्ने सन्दर्भमा पनि प्रदर्शनी प्रभावकारी हुने विश्वास आयोजकको छ ।  स्वदेशमा उपलब्ध कच्चा स्रोत र साधनबाट नेपाली श्रम, सीप र ज्ञानको प्रयोग गरी स्वदेशमा उत्पादित बस्तु तथा सेवाको प्रवद्र्धनका लागि वृहत प्रदर्शनीको आयोजना गर्न लागिएको हो । ‘यसबाट आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने छ,’ अग्रवालले भने ।  प्रदर्शनीमा बस्तु तथा सेवाका उत्पादक र ग्राहक बीच साक्षात्कार हुने र यसबाट उपभोक्ताले स्वदेशी उत्पादनबारे जानकारी पाउने बताइएको छ । उपभोक्ताको रुचीअनुसार उत्पादन परिमार्जन र बजारीकरणमा सहयोग पुग्नेमा आयोजक विश्वस्त देखिएको छ । लगानीका नयाँ सम्भाव्यताको खोजी गर्दै स्वदेशी बस्तु तथा सेवाको प्रवर्द्धनमार्फत देशको आर्थिक विकासमा प्रदर्शनीले सघाउ पु¥याउने दाबी आयोजकको छ ।

सम्बन्धित सामग्री

नेपाली उत्पादनको प्रवर्द्धन गर्न ‘मेड इन नेपाल’ अभियान (भिडियो)

काठमाडौँ – नेपालमा उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यका साथ नेपाली युवा उद्यमी मञ्चले ‘मेड इन नेपाल–२०२३’ अभियानअन्तर्गत एक हप्ते आउटलेट कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अभियानअन्तर्गत देशभरका भाटभटेनी सुपरमार्केटमा एक हप्ताका लागि नेपाली वस्तुहरुको आउटलेट राखिएको छ। नेपाली युवा उद्यमी मञ्च नेपाल र भाटभटेनी सुपरमार्केटको सहकार्यमा यो अभियान चलाइएको हो। अभियानअन्तर्गत हाल काठमाडौँको टंगालस्थित भाटभटेनी […]

गृहमन्त्रीद्वारा ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ‘मेड इन नेपाल एक्स्पो २०७९’को निरीक्षण गरेका छन् । चौधौँ चितवन महोत्सव परिसरमा आयोजना गरिएको एक्स्पोको निरीक्षण गरी गृहमन्त्री लामिछानेले नवउद्यमीलाई हौसला प्रदान गरेका हुन् । “देशका युवा यही रहनुपर्छ भनेर सरकारले न्यूनतम साझा कार्यक्रममा स्टार्टअपका लागि विशेष कार्यक्रम ल्याउन लागेको छ”, उनले भने, “देशमा उद्योग खोल्न सक्यो […]

सेल्सवेरीको ‘मेड इन नेपाल’ अभियान समापन

सेलवेज ग्रुप अन्तर्गतको सेल्सवेरी र सेलवेज डिपार्टमेन्टल स्टोर्सले गरेको ‘मेड इन नेपाल’ अभियान समापन भएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै विदेशी उत्पादन तथा बजारसँग प्रतिस्पर्धा गर्ने अभिप्रायले यो अभियान संञ्चालनमा ल्याइएको हो । यो दुई महिने अभियान फागुन ३० गते समापन भएको छ । यस अभियानबाट नेपाली उत्पादक तथा उपभोक्तामा सकरात्मक सन्देश प्रवाह गर्दै स्वदेशी वस्तुप्रति आकर्षण गर्न सकिएको कम्पनीले जनाएको छ । नेपालले पछिल्लो समय भोग्दै आएको व्यापार घाटा कम गर्ने उद्देश्यले स्

सेल्सबेरीको दुई महिने ‘मेड इन नेपाल’ अभियान सकियो

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको दुई महिने ‘मेड इन नेपाल’ अभियान सोमबार सम्पन्न भएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिंदै विदेशी उत्पादन तथा बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धात्मक क्षमता राखोस् भन्ने उदेश्यका साथ सेल्सबेरीले १ माघदेखि यो अभियान सञ्चालन गरेको थियो । विदेशी उत्पादन रोज्न छाडी नेपाली उत्पादन खोजी खोजी प्रयोग गर्ने रुपान्तरण तर्फ […]

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न दुई महिने ‘मेड इन नेपाल’ अभियान सञ्चालन हुने

काठमाडौं । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सेल्सवेरी ग्रुपले दुई महिने ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ । नेपाली उत्पादनलाई चिनाउन, प्रयोगका लागि प्रेरित गर्न र नेपाली वस्तुका उत्पादनकर्ताहरुसँग सहकार्य गर्ने उदेश्यले सेल्सवेरी ग्रुपले माघ १ गतेदेखि फागुन ३० गतेसम्म अभियान सञ्चालन गर्ने भएको छ । ग्रुपले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै […]

वीरगञ्जमा ‘मेड इन नेपाल एक्स्पो’ प्रदर्शनी हुने

वीरगञ्ज, १६ मङ्सिर: वीरगञ्जमा ‘मेड इन नेपाल एक्स्पो’ (प्रदर्शनी) हुने भएको छ । स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनको १२ देखि १५ गतेसम्म सो प्रदर्शनी सञ्चालन हुने छ । नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको छ । वीरगञ्जको आदर्शनगरस्थित पुरानो […]

वीरगन्जमा ‘मेड इन नेपाल एक्स्पो’ आयोजना गरिँदै

पर्सा : वीरगन्जमा ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्ट’ हुने भएको छ।नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगन्जले बुधबार पत्रकार सम्मेलन गरी व्यापार प्रवर्द्धन गर्न औद्योगिक तथा व्यापारिक नगरी वीरगन्जमा मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्ट गर्न लागेको जनाएको छ।नेपाली युवा उद्यमीको जोश, जाँगर र प्रतिभा आदानप्रदान गरी मुलुकको आर्थिक विकासमा टेवा दिन एक्स्पो गर्न लागिएको संस्थाका अध्यक्ष अनुप अग्रवालले बताए।युवा उद्यमीमा रहेको नयाँ सोच र उद्यम प्रवर्द्धन गर्न फागु

मेड इन नेपाल मेरो स्वाग

मेरो दिनचर्या यसै गरी बितिरहेको छ । गोल्ड स्टार जुत्ता लगाउँछु, ढाका टोपी भिर्छु, सकेसम्म स्पष्ट गरी कुनै अङ्ग्रेजी शब्द बिनै बोल्ने प्रयास गर्छु, लेख्छु । फेसबुक प्रोफाइलमा पछिल्लो दश वर्षदेखि नेपाली भाषामा सुयोग लेखेको छु । यो मेरो स्वाग नै हो, म हुँ नेपाली बाबु मेड इन नेपाल । यस हप्ता म मेड इन […]

सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने

१५ जेठ, काठमाडौं । सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ । उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।