वीरगन्जमा ‘मेड इन नेपाल एक्स्पो’ आयोजना गरिँदै

पर्सा : वीरगन्जमा ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्ट’ हुने भएको छ।नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगन्जले बुधबार पत्रकार सम्मेलन गरी व्यापार प्रवर्द्धन गर्न औद्योगिक तथा व्यापारिक नगरी वीरगन्जमा मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्ट गर्न लागेको जनाएको छ।नेपाली युवा उद्यमीको जोश, जाँगर र प्रतिभा आदानप्रदान गरी मुलुकको आर्थिक विकासमा टेवा दिन एक्स्पो गर्न लागिएको संस्थाका अध्यक्ष अनुप अग्रवालले बताए।युवा उद्यमीमा रहेको नयाँ सोच र उद्यम प्रवर्द्धन गर्न फागु

सम्बन्धित सामग्री

अस्ट्रेलियामा मेड इन नेपाल एक्स्पो

अस्ट्रेलियाको मेलबर्नमा  ‘मेड इन नेपाल एक्स्पो’ सुरु भएको छ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ शनिबार एस्क्पो सुरु गरिएको हो । महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा एक्स्पो उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रम मारिबिर्नोङ काउन्सिलका मेयर प्रदीप तिवारी, काउन्सिलर मिस सु बोल्टन, ढोरपाटन नगरपालिकाका कार्यवाहक...

अस्ट्रेलियाको मेलबर्नमा ‘मेड इन नेपाल एक्स्पो’ सुरु

अस्ट्रेलियाको मेलवर्नमा शनिबारदेखि मेड इन नेपाल एक्स्पो सुरु भएको छ। शनिबार महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको हो।

अस्ट्रेलियाको मेलबर्नमा ‘मेड इन नेपाल एक्स्पो’ सुरु

अस्ट्रेलियाको मेलवर्नमा शनिबारदेखि मेड इन नेपाल एक्स्पो सुरु भएको छ। शनिबार महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको हो।

अस्ट्रेलियामा मेड इन नेपाल एक्स्पो हुँदै

यही मंसिर २९ देखि १ पुससम्म अस्ट्रेलियाको मेलवर्नमा पहिलोपटक नेपाली उत्पादनको प्रवर्द्धनका लागि आयोजना गरिने भएको छ । नेपाली उत्पादनलाई ब्रान्डिङ गर्न 'मेड इन नेपाल एक्स्पो– २०२४' आयोजना गर्न लागिएको हो ।

अस्ट्रेलियामा मेड इन नेपाल एक्स्पो हुँदै

यही मंसिर २९ देखि १ पुससम्म अस्ट्रेलियाको मेलवर्नमा पहिलोपटक नेपाली उत्पादनको प्रवर्द्धनका लागि आयोजना गरिने भएको छ । नेपाली उत्पादनलाई ब्रान्डिङ गर्न 'मेड इन नेपाल एक्स्पो– २०२४' आयोजना गर्न लागिएको हो ।

मेलवर्नमा मेड इन नेपाल एक्स्पो आयोजना हुने

महिला उद्यमी महासंघ नेपाल र नेप्को इन्टरटेन्मेन्टको सहकार्यमा मेड इन नेपाल एक्स्पो २०२४ को आयोजना हुने भएको छ ।

मेलवर्नमा मेड इन नेपाल एक्स्पो आयोजना हुने

महिला उद्यमी महासंघ नेपाल र नेप्को इन्टरटेन्मेन्टको सहकार्यमा मेड इन नेपाल एक्स्पो २०२४ को आयोजना हुने भएको छ ।

गृहमन्त्रीद्वारा ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ‘मेड इन नेपाल एक्स्पो २०७९’को निरीक्षण गरेका छन् । चौधौँ चितवन महोत्सव परिसरमा आयोजना गरिएको एक्स्पोको निरीक्षण गरी गृहमन्त्री लामिछानेले नवउद्यमीलाई हौसला प्रदान गरेका हुन् । “देशका युवा यही रहनुपर्छ भनेर सरकारले न्यूनतम साझा कार्यक्रममा स्टार्टअपका लागि विशेष कार्यक्रम ल्याउन लागेको छ”, उनले भने, “देशमा उद्योग खोल्न सक्यो […]

वीरगञ्जमा ‘मेड इन नेपाल एक्स्पो’ प्रदर्शनी हुने

वीरगञ्ज, १६ मङ्सिर: वीरगञ्जमा ‘मेड इन नेपाल एक्स्पो’ (प्रदर्शनी) हुने भएको छ । स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनको १२ देखि १५ गतेसम्म सो प्रदर्शनी सञ्चालन हुने छ । नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको छ । वीरगञ्जको आदर्शनगरस्थित पुरानो […]

वीरगञ्जमा मोफसलमै पहिलो पटक ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट’ हुँदै

मंसिर १५, वीरगञ्ज । वीरगञ्जमा आउँदो फागुनमा मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट हुने भएको छ । नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको हो । एनवाईइएफले बुधवार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरेर आगामी फागुनको १२ देखि १५ गतेसम्म प्रदर्शनी सञ्चालन हुने जानकारी दिएको हो । वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क रहेको खाली स्थानमा प्रदर्शनी आयोजना गरिने एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए । स्वदेशी उद्यम र उत्पादन प्रवर्द्धनको उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न उत्पादनका लागि १३० ओटा स्टलको व्यवस्था मिलाइने आयोजकले बताएको छ । प्रदर्शनीमा स्वदेशमा उत्पादित औद्योगिक उत्पादन, सेवा व्यवसाय, घरेलु तथा हस्तकलाका उत्पादन, प्रविधि, स्थानीय कला संस्कृति, साहित्य, स्थानीय खानाका परिकारलगायतको प्रदर्शनी गरिने भएको छ ।  प्रदर्शनीको लागि स्टल बुकिङ शुुरू भइरहेको र महिला तथा फरक क्षमताका उद्यमीहरूका लागि स्टलमा विशेष सहुलियत दिइने पनि आयोजकले बताएको छ । नेपाली उद्यमीहरूबीच अनुभवको आदान–प्रदान र अवसरको उपयोगमार्फत देशको आर्थिक विकासको उद्देश्यलाई सघाउने लक्ष्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको अध्यक्ष अग्रवालले बताए । ‘उद्यमशीलताको भावना जागृत गराउँदै नयाँ सोच र खोजका साथ उद्यम व्यापारलाई देशको आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने अभियानअन्तर्गत प्रदर्शनी आयोजना हुन लागेको हो,’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।  प्रदर्शनीका क्रममा उद्यमशीलता र नवप्रवर्तनका विषयमा तालीम, ब्राण्डिङ, कार्यशालालगायतका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । उद्यमशीलता विकासका लागि अध्ययन र अनुसन्धानको अवसर उपलब्ध गराउने, सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न प्रोत्साहन गर्ने, उद्यम तथा व्यापार क्षेत्रका नीतिगत र प्रक्रियागत अप्ठेराहरूलाई समाधानको पहल प्रयास गर्ने सन्दर्भमा पनि प्रदर्शनी प्रभावकारी हुने विश्वास आयोजकको छ ।  स्वदेशमा उपलब्ध कच्चा स्रोत र साधनबाट नेपाली श्रम, सीप र ज्ञानको प्रयोग गरी स्वदेशमा उत्पादित बस्तु तथा सेवाको प्रवद्र्धनका लागि वृहत प्रदर्शनीको आयोजना गर्न लागिएको हो । ‘यसबाट आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने छ,’ अग्रवालले भने ।  प्रदर्शनीमा बस्तु तथा सेवाका उत्पादक र ग्राहक बीच साक्षात्कार हुने र यसबाट उपभोक्ताले स्वदेशी उत्पादनबारे जानकारी पाउने बताइएको छ । उपभोक्ताको रुचीअनुसार उत्पादन परिमार्जन र बजारीकरणमा सहयोग पुग्नेमा आयोजक विश्वस्त देखिएको छ । लगानीका नयाँ सम्भाव्यताको खोजी गर्दै स्वदेशी बस्तु तथा सेवाको प्रवर्द्धनमार्फत देशको आर्थिक विकासमा प्रदर्शनीले सघाउ पु¥याउने दाबी आयोजकको छ ।