असार २३, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट बुधवार विहान भइसकेको छ ।
कम्पनीको आईपीओ बाँडफाँट बिहान ९ बजे विक्री प्रबन्धकको कार्यालय एनएमबि क्यापिटलमा भएको हो । आईपीओ बाँडफाँट भएपनि नतिजा भने अपरान्ह ३ बजे पछि मात्र हेर्न मिल्ने विक्री प्रबन्धक एनएमबि क्यापिटलले बताएको छ ।
आईपीओको नतिजा चार ओटा वेब साइटबाट हेर्न मिल्नेछ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, मेरो शेयर, जीवन विकास लघुवित्त वित्तीय संस्था र सिडिएसको नयाँ वेबसाइट www.iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।
कम्पनीको आईपीओ बाँटफाँटमा गोलाप्रथाबाट २० लाख १८ हजार ३०१ जना योग्य आवेदकमध्ये १ लाख ८४ हजार ८०१ जनाले शेयर पाएका छन् । १ लाख ८४ हजार ८०१ आवेदकमध्ये पाँच जनाले आवेदकले भने ११ कित्ताका दरले शेयर पाएको विक्री प्रबन्धकले बताएको छ ।
यो पनि हेर्नुस् :
जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म पाए