साउन १३, काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ६० लाख ८४ हजार कित्ता आईपीओ सूचीकृत भएको हो । अब यो शेयर बिहीवारदेखि कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ३०५ दशमलव २७ देखि ९१५ दशमलव ८१ सम्म ओपन रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच साउन १३ गते सूचीकरण सम्झौता भएसँगै बिहीवारदेखि कारोबारमा आउने भएको हो ।
कम्पनीको असार २३ गते आईपीओ बाँटफाँट भएको हो । उक्त बाँडफाँटमा गोलाप्रथाबाट २० लाख १८ हजार ३०१ जना योग्य आवेदक मध्ये भाग्यमानी १ लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका छन् ।
१ लाख ८४ हजार ८०१ आवेदकमध्ये पाँच जनाले आवेदकले ११ कित्ताका दरले शेयर पाएको विक्री प्रबन्धकले जानकारी दिएको हो । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये ३० हजार ४२० कित्ता कर्मचारीको लागि ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । हाल कम्पनीको सस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ४९ करोड ६ लाख ७०हजार रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पछि पूँजी रू. ६० करोड ८४ लाख पगेको छ । त्यसैगरी आव २०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव ९७ रहेको छ ।