अमेरिकाको प्रतिनिधि सभामा रिपब्लिकन दलले बहुमत ल्याउने सङ्केत

अमेरिकामा भएको संसदीय चुनावमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधि सभामा बहुमत ल्याउने सङ्केत देखिएको छ । तल्लो सदनका सबै चार सय ३५ सिटका लागि चुनाव भएको छ । बहुमतका लागि दुई सय १८ सिट चाहिन्छ । यो समाचार तयार पार्दासम्म रिपब्लिकनले एक सय ९८ र डेमोक्र्याटले एक सय ७३ सिट जितेका छन् ।   चुनावअघि राष्ट्रपति जो बाइडेनको दल डेमोक्र्याट दुई सय २० सिटसहित बहुमत थियो । विश्लेषकहरूका अनुसार यसपालि रिपब्लिकन दलले प्रतिनिधि सभामा बहुमत जित्ने देखिन्छ । बहुमत प्राप्त भएपछि रिपब्लिकनले डेमोक्र्याट दलका विधायिकी एजेन्डा अवरुद्ध ...

सम्बन्धित सामग्री

अमेरिकी संसदले ६ पटक मतदान हुँदा पनि पाएन सभामुख

वासिङ्टन। अमेरिकी संसदको प्रतिनिधि सभामा बुधबार ६ पटक मतदान हुँदा पनि सभामुख निर्वाचित हुन सकेनन्। रिपब्लिकन पार्टीका नेता केविन म्याकर्थी प्रतिनिधि सभामा सभामुखका उम्मेदवार बनेका थिए। मंगलबारदेखि बुधबारसम्म ६ पटक मतदान हुँदा उनले बहुमत पाउन नसकेका हुन्। अमेरिकी संसदको पछिल्लो १००वर्षमा पहिलो पटक यस्तो घटना घटेको हो। सन् १९२३ पछि यस वर्ष पहिलो पटक अमेरिकी संसदलाई सभामुख निर्वाचित गर्न परेको।

अमेरिकी सभामुख न्यान्सीद्वारा राजीनामा घोषणा

काठमाडौं । अमेरिकी तल्लो सदन प्रतिनिधि सभामा विपक्षी रिपब्लिकन पार्टीले बहुमत ल्याएसँगै सभामुख न्यान्सी पेलोसीले राजीनामा घोषणा गर्नुभएको छ । आफूलाई दिइएको अहिलेसम्मको जिम्मेवारीका लागि कृतज्ञता व्यक्त गर्दै ८२ वर्षीया पेलोसीले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ। सन् १९८७ देखि उहाँले सान्फ्रासिस्कोबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आउनु भएको छ । अमेरिकी […]

अमेरिकामा आज संसदीय निर्वाचन हुँदै

एजेन्सी । अमेरिकामा आज मंगलबार संसदीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् । यो निर्वाचनबाट विपक्षी रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण गरिएको छ भने सिनेट भने कसको कब्जामा पुग्छ भन्न सकिने अवस्था नरहेको जनाइएको छ । मतदातकै दिनसम्म […]