रुस–युक्रेनबीचको युद्ध अन्त्यका लागि वार्ताको सङ्केत : आक्रमणविरुद्ध विश्वभर प्रदर्शन

रुस–युक्रेनबीचको युद्ध अन्त्यका लागि वार्ताको सङ्केत देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गरी आफूले रुसलाई युद्धविरामका लागि अपिल गरिरहेको बताउनुभएको छ । रुसले आक्रमण गरेको र यसको अन्त्यका लागि ढिलो–चाँडो रुसले युक्रेनसँग कुरा गर्नुपर्नेमा उहाँको जोड छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले जति छिटो संवाद सुरू हुन्छ रुसलाई त्यति कम क्षति हुने प्रतिक्रिया दिनुभएको छ । रुसले अस्ति बुधवार आक्रमण सुरु गरेपछि युक्रेनका विभिन्न ठाउँमा घटना भइरहेका छन् । रुसी सैनिक युक्रेनको र...