काठमाडौं — मौसम परिवर्तन र जाडोको मौसममा रुघाखोकी लाग्नु सामान्य कुरा हो । रुघा लागेपछि टाउको दुख्ने, गलामा समस्या आउने, नाक बग्ने लगायतका समस्या आउँछन् ।
पाँच दिनसम्म यस्तो समस्या हुनु सामान्य हो तर त्यसभन्दा बढी भयो भने चाहिँ चिकित्सकलाई देखाउनुपर्छ । लामो समयसम्म रुघाको कारण यी हुन् :
कम पानी पिउनु
मानिसहरू गर्मीमा भन्दा जाडोमा कम पानी पिउँछन् जसले गर्दा शरीरमा पानीको मात्रा पुग्दैन । अझ बिरामी हुँदा शरीरलाई पानीको धेरै आवश्यकता पर्छ । पानी, जुस र सूप प्रशस्त पिउनुस् ।
गलत खानपिन
बिरामी भएप...