काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ। गएराति १० बजेसम्म सबै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महशुल बक्यौता भएका ग्राहकको काटिएको विद्युत लाइन जोडिदिने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले पनि महसुल बक्यौता विवाद समाधानका लागि उच्चस्तरीय समिति गठनको निर्णय गर्दै प्र