भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले यसै वर्षभित्र रेल सञ्चालन गर्ने तयारी भए पनि मिति तोक्न नसकिने बताएकी छिन् । जनकपुरमा नेपाल रेलवेका भौतिक संरचनाको निरीक्षण गर्दै मन्त्री यादवले मंगलबार रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको दाबी गरिन् ।