सरकारले राजधानीको दरबारमार्गस्थित होटल याक एन्ड यतिको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको भन्दै याक एन्ड यतिको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरेको हो ।