काठमाडौं (अस) । सरकारले याक एन्ड यती होटलको क्यासिनो सञ्चालन इजाजत तथा होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको छ । उक्त होटललाई इजाजत नवीकरण दस्तुर तिर्न पत्राचार गरिए पनि अटेर गरेकाले क्यासिनो सञ्चालन इजाजत रद्द गर्ने, होटलको पाँच तारा स्तर वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्क राख्ने र बैंक खाता रोक्का राख्ने निर्णय गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मंगलवारको मन्त्रीस्तरीय निर्णयबाट होटललाई उक्त कारबाही गरिएको हो ।