पुससम्म सात क्यासिनो दर्ता

काठमाडौं (अस) । चालू आर्थिक वर्ष (आव) २०७८/७९ पुससम्म पर्यटन विभागमा सातओटा क्यासिनो कम्पनी दर्ता भएका छन् । आव २०७६/७७ देखि क्यासिनो दर्ता नगरेको पर्यटन विभागले चालू आवको ६ महीनामा सातओटा क्यासिनो दर्ता गरेको हो । पर्यटन विभागले हालै सार्वजनिक गरेको सूचनाअनुसार यीसहित अहिले नेपालमा २२ ओटा क्यासिनो दर्ता छन् । यद्यपि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले माघ २६ गते रू. ४२ करोड २५ लाख रोयल्टी नतिरेको भन्दै याक एन्ड यती होटेल बन्द गर्ने निर्णय गरेपछि उक्त क्यासिनो भने बन्द भएको छ । विभागका अनुसार यो चालू आवमा दर्ता भएका नयाँ क्यासिनोमा झापास्थित भेगस रिक्रियसन नेपाल (होटेल मेची क्राउन), भैरहवास्थित निर्भाना लक्जरी इन्टरटेनमेन्ट (होटेल निर्वाण) दर्ता भएका छन् । यसैगरी बाँकेको नेपालगञ्जस्थित बेलिज इन्टरटेनमेन्ट प्रालि (होटेल स्नेहा), बाँकेमा अर्काे क्यासिनो पनि दर्ता भएको छ । होटेल स्टारलाइट नीलदेवीमा सञ्चालन हुने गरी भेन्यु रिक्रियसन प्रालि नामक क्यासिनो दर्ता भएको छ । भैरहवास्थित होटेल नान्स परिसरमा सञ्चालन हुने गरी सिद्धार्थ गेमिङ जोन प्रालि क्यासिनो कम्पनी दर्ता भएको छ । विभागका अनुसार नयाँ दर्ता हुने क्यासिनो धेरैजसो नेपालगञ्जमा दर्ता भएका छन् भने त्यसपछि रूपन्देहीको भैरहवामा क्यासिनो दर्ता भएका छन् । विभागको सूचनाअनुसार बाँकेस्थित नेपालगञ्जका दुई होटेलहरू कल्पतरू होटेल एन्ड कौशिकी बैंकेटमा क्यासिनो सञ्चालन गर्ने गरी ओम त्र्यम्बकम् इन्टरटेनमेन्ट र होटेल सिटी प्यालेसमा सञ्चालन हुने गरी सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी क्यासिनो कम्पनी दर्ता भएको छ । यसैबीच क्यासिनोहरूले रोयल्टी तिर्न थालेको जानकारी सरकारले दिएको छ । मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै याक एन्ड यति होटेललाई कारबाही गरेपछि रोयल्टी नतिरेका अन्य क्यासिनो कम्पनीहरूले बक्यौता भुक्तानी गर्न थालेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा कारबाहीका प्रक्रिया अघि बढाएपछि कम्पनी सञ्चालकहरूले बाँकी बक्यौता तिर्न मन्त्रालय र विभागमा सम्पर्क बढाएको उल्लेख गरिएको छ । याक एन्ड यतीसहित अन्य कम्पनी गरी हालसम्म क्यासिनोहरूबाट सरकारले रू. १ अर्ब ९० करोड ९९ लाख रकम उठाउन बाँकी थियो । यो रकम आव २०७६/७७ सम्मको हो । मन्त्रालयका अनुसार माघ २६ को कारबाहीपछि फागुन २ गतेसम्म सेन्ट्रल मिडिया प्रालिले रू. ४ करोड जम्मा गरेको छ । प्रचलित कानूनअनुसार तिर्नुपर्ने रोयल्टी शीर्षकको राजस्व नबुझाउने क्यासिनो सञ्चालक कम्पनीहरूलाई बाँकी बक्यौता तिर्न पनि मन्त्रालयले आग्रह गरेको छ । क्यासिनो एवम् आधुनिक मेशिन तथा उपकरणका माध्यमबाट मात्रै खेलाइने खेल सञ्चालनका लागि इजाजत प्राप्त गरेका कम्पनीहरूबाट चालू आवको यस अवधिमा रोयल्टीबापत रकम जमानत तथा भुक्तानी हुने क्रम शुरू भएको मन्त्रालयले उल्लेख गरेको छ ।

सम्बन्धित सामग्री

क्यासिनो माजोङले चौथोपटक पायो दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड

काठमाडौंस्थित क्यासिनो माजोङले दक्षिण एसियास्तरको प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको हो। यस्तै, क्यासिनो माजोङका महाप्रवन्धक अमूल्य राणाले ‘बेस्ट क्यासिनो जनरल म्यानेजर...

भूकम्प पिडितलाई क्यासिनो संघको सहयोग

काठमाडौं- जाजरकोटमा भूकम्पबाट प्रभावितहरुलाई नेपाल क्यासिनो संघले सहयोग उपलब्ध गराएको छ। प्रभावितहरुरुका लागि संघका अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । संघले दिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने संघले जनाएको छ। क्यासिनो एसोसिएसन अफ नेपालका साथमा  डेल्टिन क्यासिनो,  क्यासिनो महजोंग, महजोंग […]

पर्यटक आकर्षित गर्न क्यासिनो

पोखरा– पर्यटकलाई आकर्षण गर्न पोखरामा क्यासिनो सञ्चालनमा आएको छ । चारतारे होटल माउन्ट कैलाश रिसोर्टले क्यासिनो सञ्चालनमा ल्याएको हो । माउन्ट कैलाशसहित पोखरामा तीनवटा होटलमा क्यासिनो सञ्चालनमा हुने तयारी भएको छ । पोखरामा केही वर्षअघि पाँचतारे होटल फूलबारी रिसोर्ट र होटल ग्रान्डमा सञ्चालनमा आएको क्यासिनो विगत केही वर्षदेखि सञ्चालन हुन नसकेको अवस्थामा हाल पोखरामा माउन्ट […]

दुई अर्ब लगानीका नौ क्यासिनो दर्ता

देशभर सञ्चालित तारे होटेलमा क्यासिनो सञ्चालनको लहर चलेको छ । चालू आर्थिक वर्षको ३ असारसम्म उद्योग विभागमा नौवटा क्यासिनो दर्ता भएका छन् । दर्ता हुनेमा अधिकांश आधुनिक मेसिन तथा उपकरणका माध्यमबाट खेलाइने...

क्यासिनो संचालनलाई थप कडाइ गर्दै सरकार

काठमाडौं, फागुन ३ । सरकारले क्यासिनो सञ्चालनलाई थप कडाइ गर्ने भएको छ । जसका लागि सरकारले क्यासिनो सञ्चालकलाई नियमन गर्न कडा नीति अवलम्बन गर्ने भएको छ । सरकारले एउटै इजाजतबाट एकभन्दा बढी क्यासिनो चलाउन प्रतिबन्ध लगाउन हाल विद्यमान क्यासिनो सञ्चालनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । एक वर्षभित्रै लागू हुनेगरी सरकारले पर्यटन ऐन २०३५ […]

क्यासिनो संचालनलाई थप कडाइ गर्दै सरकार

काठमाडौं । सरकारले क्यासिनो सञ्चालनलाई थप कडाइ गर्ने भएको छ । जसका लागि सरकारले क्यासिनो सञ्चालकलाई नियमन गर्न कडा नीति अवलम्बन गर्ने भएको छ । सरकारले एउटै इजाजतबाट एकभन्दा बढी क्यासिनो चलाउन प्रतिबन्ध लगाउन हाल विद्यमान क्यासिनो सञ्चालनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । एक वर्षभित्रै लागू हुनेगरी सरकारले पर्यटन ऐन २०३५ संशोधनअन्तर्गत यो […] The post क्यासिनो संचालनलाई थप कडाइ गर्दै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

क्यासिनो आगलागीमा १९ को मृत्यु, ७० घाइते

कम्बोडियाको एक होटेलको क्यासिनो भवनमा आगलागी हुँदा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले बिहीबार जनाएको छ । थाइल्यान्डको सीमानजिकै अवस्थित कम्बोडियाली सहर पोइपेटमा रहेको ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटेलमा राति...

क्यासिनो माजोङ दक्षिण एसियाकै ‘सर्वोत्कृष्ट’

क्यासिनो माजोङले दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ। ट्राभल तथा आतिथ्य उद्योगमा योगदान गरेबापत प्रदान गरिँदै आएको भारतको सर्वोच्च पुरस्कार ‘१७ औँ हस्पिटालिटी इण्डिया, एनिउल इन्टरनेशनल ट्राभल अवार्ड–२०२२’ का लागि क्यासिनोतर्फबाट माजोङले शुक्रबार नयाँ दिल्लीमा सो अवार्ड प्राप्त गरेको हो। साथै दक्षिण एसियन क्षेत्रका क्यासिनोहरुका महाप्रबन्धकमध्येबाट बेस्ट क्यासिनो जनरल म्यानेजर अफ साउथ एसिया–२०२२ […]

राजस्व नतिर्ने तीन क्यासिनो बन्द हुने

पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ।...

३० वटा होटललाई क्यासिनो सञ्चालनको अनुमति, कहाँ कुन क्यासिनो ? (सूचीसहित)

नेपालका विभिन्न ३० वटा होटलले क्यासिनो सञ्चालनको अनुमति पाएका छन् । पर्यटन मन्त्री प्रेम आलेले मात्रै ६ वटा क्यासिनोलाई अनुमति दिएका छन भने बाँकी क्यासिनो यस अघिका सरकारले अनुमति दिएको हो । काठमाडौं विभिन्न ९ वटा पाँचतारे होटल, उपत्यका बाहिरको दुई वटासहित ११ वटा पाँचतारे होटलमा क्यासिनोले सञ्चालन अनुमति पाएका छन भने १९ वटा होटलमा मिनी क्यासिनो सञ्चालनको अनुमति पाएको पनि पर्यटन विभागको जानकारी दिएको छ ।  विभागका अनुसार क्यासिनोको इजाजतले एउटा होटलमा मात्रै सञ्चालन गर्न पाइन्छ भने आधुनिक मेसिन तथा उपकरणको ...