किन कठिन बन्यो क्यासिनो व्यवसायबाट राजस्व सङ्कलन?

पर्यटन विभागले गत पौष महिनाको अन्तिम साता क्यासिनो सञ्चालक कम्पनीहरूलाई रोयल्टी तथा नवीकरण दस्तुर सोही महिनाको मसान्तभित्र बुझाउन निर्देशन दिँदै सूचना जारी गर्‍यो।क्यासिनो नियमावली २०७० अनुरूप सञ्चालित कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ को इजाजत पत्र नवीकरण दस्तुर र आर्थिक वर्ष २०७८/८९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर दाखिला गर्न त्यस्तो सूचना प्रकाशित गरिएको थियो।आर्थिक ऐन, २०७८ को दफा १६ (४) का अनुसार पौष महिनाभित्रमा बक्यौता नबुझाउने क्यासिनो सञ्चालकहरूले जरिवाना रकम र थप वार्षिक शुल्क तिर्नुपर्छ। क्यासिनो नियमावलीअनुसार समयमा नवीकरण नभएका कम्पनीको इजाजत पत्र रद्द गरिन्छ।तर सूचना प्रकाशित गर्दा समेत केही क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता बुझाउन नआएको विभागका निर्देशक मोहनबहादुर जीसीले बताए।आधिकारिक सूचनाबाहेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने क्यासिनोको अनुमतिपत्र नै खारेज गर्ने चेतावनी समेत दिएको विवरणहरू सार्वजनिक भए।याक एन्ड यती होटलमा सञ्चालित क्यासिनो चलाइए बापतको रोयल्टी नतिरिएपछि उक्त होटलको पाँचतारे वर्गीकरण रद्द गर्ने, अचल सम्पत्ति र ब्याङ्क खाता रोक्का गर्ने निर्णयपछि भने क्यासिनोहरू धमाधम विभागको सम्पर्कमा आएको अधिकारीहरू बताउँछन्।'पौष मसान्तभित्र बक्यौता रकम बुझाएको भए जरिवाना तिर्नुपर्दैन थियो। तर पटकपटक सूचना जारी गर्दा पनि केही क्यासिनो सञ्चालक मात्र सम्पर्कमा आए,' जीसीले भने।'याक एन्ड यतीलाई कारबाही गर्ने निर्णयपछि भने कोही बक्यौता बुझाउन आए। कोही हामीसँग निरन्तर छलफलमा छन्।'पर्यटनमन्त्री कडा रूपमा प्रस्तुत भएकाले क्यासिनो सञ्चालकहरूलाई केही सतर्क बनाएको जीसीको भनाइ छ।कति उठ्यो रोयल्टी?आर्थिक ऐनमा नेपालमा क्यासिनो सञ्चालन गर्न इजाजत पत्र प्राप्त व्यक्ति वा संस्थाले क्यासिनो सञ्चालन गरे बापत प्रत्येक आर्थिक वर्षमा चार करोड रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ।माघ १९ गते पुनः सूचना जारी हुनुअघिसम्म देशभरिका क्यासिनोहरूमार्फत् कुल ८४ करोड ३३ लाख ४७ हजार ८ सय ४८ सङ्कलन हुन बाँकी थियो। सूचना जारी गरेपछि २१ करोड ४९ लाख रुपैयाँ उठेको निर्देशक जीसीले जानकारी दिए।सेन्ट्रल मिडिया प्रालिले पाँच करोड, ह्याप्पी आवर समूहले एक करोड पचास लाख रुपैयाँ तिरेको र एसएचएल म्यानेजमेन्टले १४ करोड २० लाख ब्याङ्क जमानत गरेको हो।'रकम बुझाउने कम्पनीहरू नवीकरण प्रक्रियामा छन्,' जीसीले भने।उनले सेन्ट्रल मिडिया प्रालि, ह्याप्पी आवर समूह र रक इन्टरन्याश्नलसहितका कम्पनीले थप रकम तिर्न बाँकी भएको जानकारी दिए।आर्थिक वर्ष २०७८/७९ को आरम्भदेखि दुई साताअघिसम्म क्यासिनोहरूमार्फत् ८१ करोड हाराहारी रकम सङ्कलन भएको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बीबीसीलाई बताए।क्यासिनोउनका अनुसार कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको सहित सवा एक अर्ब रुपैयाँ उठ्न बाँकी छ।कुमारीचोक नेपाल सरकारका विभिन्न निकायहरूले असुल उपरका लागि लेखिपठाएको सरकारी बाँकी रकम सम्बन्धित व्यक्ति/फर्म/संस्थाबाट असुल उपर गर्ने कामको लागि स्थापित केन्द्रीय निकाय हो।उनले भने,'कारबाही प्रक्रियामा गएपछि सकारात्मक प्रभाव परेको छ। क्यासिनो सञ्चालकहरूले बक्यौता रकम तिर्न थालेका छन्।'पर्यटक विभाग धाउँदै क्यासिनो सञ्चालकहरूहाल क्यासिनो सञ्चालकहरू कारबाहीमा पर्ने त्रासका कारण विभागसँग नियमित सम्पर्कमा रहेको अधिकारीहरू बताउँछन्। केहीले आफूले तिर्नुपर्ने रकम बढी भएको भन्दै प्रमाण पेस गरिरहेको त तत्काल रकम भुक्तानी गर्न नसक्नेहरूले लिखित सम्झौता गरेको निर्देशक जीसीले बताए।'कतिपय क्यासिनोसँग हिसाबकिताब भइरहेको छ। केहीले हामी हप्ताको एक करोड रुपैयाँ तिर्छौँ भन्दै आइरहेका छन्,' उनले जानकारी दिए।किन गाह्रो हुन्छ क्यासिनोको बक्यौता उठाउनमहानिर्देशक अधिकारी नेपालमा क्यासिनोमार्फत् 'अनैतिक कर्पोरेट अभ्यास' भइरहेको बताउँछन्।त्यसैले रकम सङ्कलन गर्न गाह्रो भएको उनको धारणा छ।त्यस्तै यो कररहित राजस्व भएकाले पनि सङ्कलनमा आलटाल हुने उनको तर्क छ।निर्देशक जीसी महानिर्देशक समान धारणा राख्छन्। उनले क्यासिनो सञ्चालकहरूको अनिच्छालाई नै प्रमुख कारण भएको इङ्गित गर्दै भने,'तिर्न नपरे हुन्थ्यो वा ढिला तिर्न पाए हुन्थ्यो जस्तो गर्नुहुन्छ।'त्यस्तै क्यासिनो र होटल सञ्चालकहरूबीचको 'कसले तिर्ने' भन्ने विवादलाई अर्को कारणका रूपमा व्याख्या गरे।क्यासिनो नियमावली नआउँदासम्म कुनै पनि संस्था वा व्यक्तिले क्यासिनो सञ्चालन गर्ने पाउने प्रावधान थिएन।सम्बन्धित होटलले क्यासिनो सञ्चालन गर्ने अनुमति लिन्थे। केहीले आफैँ र केहीले संस्थालाई भाडामा दिएर क्यासिनो सञ्चालन गर्थे। क्यासिनो सञ्चालन गर्ने होटलहरूले रोयल्टी रकम नबुझाएपछि सरकारले क्यासिनो नियमावली २०७० बनाएको जानकारहरू बताउँछन्।नियमावलीमा क्यासिनो सञ्चालन गर्ने र गराउने दुवैले अनुमतिपत्र लिनुपर्ने उल्लेख छ।त्यस्तै नियमावलीमा एउटा अनुमतिपत्र लिएर एक वा सोभन्दा बढी ठाउँमा क्यासिनो सञ्चालन गर्न पाइने व्यवस्था थियो। पछि एउटा अनुमतिपत्रले एक ठाउँमा मात्र क्यासिनो सञ्चालन गर्न पाइने व्यवस्था गर्‍यो।लगत्तै पर्यटन मन्त्रालयले एकभन्दा बढी क्यासिनो सञ्चालन अनुमति खारेज गरिदिएको निर्देशक मोहनबहादुर जीसीले बताए। त्यसपछि क्यासिनो सञ्चालकहरू अदालत गएको उनको कथन छ। मुद्दाको फैसला हुनुअघि क्यासिनोहरूलाई सञ्चालन हुने अनुमति दिइयो।'क्यासिनोहरू चलिरहे। समय लम्बिँदै गयो। तिर्न बाँकी रकम बढ्दै गयो र अहिले समस्या सिर्जना भयो,' जीसीले भने।'कोरोनाभाइरस महामारी सुरु भएपछि विभागले पनि क्यासिनोहरूको निरन्तर नियमन गर्न सकेन।'होटल याक एन्ड यतीको घटना के हो ?गत माघ २८ गते सरकारले याक एन्ड यती होटलको नाममा जारी क्यासिनो सञ्चालन गर्ने इजाजतपत्र रद्द गर्ने निर्णयसहित विज्ञप्ति जारी गर्‍यो। जसमा होटलमा पाँचतारे स्तर वर्गीकरण प्रमाण गर्ने र अचल सम्पत्ति तथा ब्याङ्क खाता रोक्का गर्ने जनाइएको थियो।कारण - होटलले आर्थिक वर्ष २०७६/७७ सम्मको बाँकी बक्यौता, आर्थिक वर्ष २०७७/७८ को इजाजत नवीकरण दस्तुर र आर्थिक वर्ष २०७८/७९को रोयल्टी दस्तुर समेत गरेर ४२ करोड २५ लाख रुपैयाँ नबुझाउनु।तर होटल पक्ष भने २०७१ सालको वैशाखदेखि होटलको क्यासिनो सञ्चालन इजाजतपत्र खारेज भइसकेको बताउँछ। त्यसपछि क्यासिनो नवीकरण र पुनः अनुमतिको माग नगरेको होटलका एक व्यवस्थापक विजय प्याकुरेल बताउँछन्।'होटलको नाममा चिट्ठी पठाई क्यासिनो बन्द गर्न निर्देशन दिइयो। हामीले त्यसै गर्‍यौँ। त्यसबाहेक नेपाल सरकारलाई बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाइरहेका छौँ,' उनले भने।सरकारको यस निर्णयले कोभिड-१९ महामारीपछि बल्लबल्ल जुर्मुराउन थालेको पर्यटन तथा होटल व्यवसायलाई ठूलो असर पुर्‍याउने व्यवस्थापक प्याकुरेलको दाबी छ।उनले भने,'ब्याङ्क रोक्का गर्नुले आन्तरिक तथा विदेशी पर्यटकहरूलाई दिँदै आएको सेवा प्रभावित भएको छ।'त्यस्तै होटलमा आश्रित ५०० भन्दा बढी कर्मचारी एवं कामदारको दैनिक जीविकोपार्जनमा समेत असर परेको उनी बताउँछन्।यसै मुद्दाउपर होटल सञ्चालक कानुनी उपचारको खोजीमा जुटेका छन्।केही साताअघि सर्वोच्‍च अदालतले होटल याक एण्ड यती बन्द गर्ने सरकारी निर्णयविरुद्ध न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।लगत्तै सरकारले गत शुक्रबार रोक्का गरेको होटलको ब्याङ्क खाता फुकुवा गर्न र होटल एवं पर्यटन मन्त्रालयसहितको विपक्षीलाई छलफलका लागि बोलाइएको जनाइएको थियो।'अन्तरिम आदेशका लागि तोकिएको मितिमा निर्णय भएन। अबको करिब एक महिना अल्पकालीन आदेश नै लागु हुन्छ,' निर्देशक जीसीले भने। -बिबिसीबाट 

सम्बन्धित सामग्री

हुलाकबाट एक करोड राजस्व सङ्कलन

नारायणगढ (चितवन), ३१ साउन । जिल्ला हुलाक कार्यालय चितवनले गत अर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकबाट एक करोड १३ लाख सात हजार सात सय ३६ राजस्व सङ्कलन गरेको छ । हुलाक टिकट, पोष्टबक्स दर्ता, एफएम सञ्चालन नवीकरण, भन्सार महसुललगायतका शीर्षकबाट कार्यालयले राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख रमेश ज्ञवालीका अनुसार हुलाक सेवा शुल्कबाट  ८६ […]

तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन

सिन्धुपाल्चोक, ४ साउन । चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन भएको छ । कुनैबेला रु पाँच खर्ब राजस्व सङ्कलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व सङ्कलन गर्दै आइरहेको छ । उक्त नाकाबाट गत आवमा रु चार अर्ब ६२ करोड राजस्व सङ्कलनको लक्ष्य […]

यातायात कार्यालयद्वारा २२ करोड राजस्व सङ्कलन

जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ३० लाख राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि सो राजस्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०७८/७९ रु ५५ करोड ५६ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए । आव […]

लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

काठमाडौँ,१० साउन । कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यभन्दा रु ६ करोड ५५ लाख कम राजस्व सङ्कलन गरेको छ । कार्यालयलले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य राखेपनि रु ४६ करोड २२ लाख सङ्कलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि […]

बर्सेनि लक्ष्यभन्दा कम राजस्व सङ्कलन

काठमाडौँ । राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । तीलाठी कोइलाडी गाउँपालिका-१ बेल्ही स्थित भन्सार कार्यालयले आव २०७८/०७९ मा रु चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ । बर्सेनि कार्यालयले रु छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो […]

बागलुङमा एक वर्षमा सवा अर्ब राजस्व सङ्कलन

काठमाडौँ,५ साउन । गत आर्थिक वर्षमा बागलुङमा झण्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । यहाँ रहेका सङ्घीय तथा प्रदेश सरकार माताहतका कार्यालयले मात्रै उक्त राजस्व सङ्कलन गरेका हुन् । बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयसहितका कार्यालयले विभिन्न शीर्षकमा रु एक अर्ब २१ करोड छ लाख १७ हजार ९७७ राजस्व सङ्कलन गरेका छन् । […]

बागलुङमा एक वर्षमा सवा अर्ब राजस्व सङ्कलन

बलेवा । गत आर्थिक वर्षमा बागलुङमा झन्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । यहाँ रहेका सङ्घीय तथा प्रदेश सरकार मातहतका कार्यालयले मात्रै उक्त राजस्व सङ्कलन गरेका हुन् । बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयसहितका कार्यालयले विभिन्न शीर्षकमा रु एक अर्ब २१ करोड छ लाख १७ हजार ९७७ राजस्व सङ्कलन गरेका छन् । असार […]

पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

कञ्चनपुर । भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु पाँच करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताए । उनका अनुसार नगरपालिकाले वार्षिक रु ११ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ४५ […]

जुम्लामा ४० लाख राजस्व सङ्कलन

खलङ्गा । जिल्ला वन कार्यालय जुम्लाले जडीबुटी सङ्कलनबाट रु ४० लाख राजस्व सङ्कलन गरेको छ । यहाँका आठ स्थानीय तहबाट जडीबुटी व्यापारीबाट सो राजस्व सङ्कलन गरिएको हो । तातोपानी, गुठीचौर र पातारासी गाउँपालिका अरु स्थानीय तहभन्दा बढी जडीबुटी पाइने स्थानीय तहमा पर्छन् । विशेषगरी गुठीचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडीबुटी सङ्कलन हो […]

१०१ प्रतिशत भन्सार राजस्व सङ्कलन

सरकारले लक्ष्य भन्दा बढी भन्सार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ४ खर्ब ४० अर्ब ८४ लाख भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले लक्ष्यको १ सय १ प्रतिशत राजस्व सङ्कलन गरेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका प्रवक्ता शिशिर ढुङ्गानाका अनुसार  गत वर्ष भन्सार राजस्व ४ खर्ब ४३ अर्ब २६ करोड ८४ लाख  भन्सार राजस्व उठाएको छ ।  सरकारले उठाउने राजस्वमा भन्सार राजस्वको योगदान बढी हुने गरेको छ ।