मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा देखिएको राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताएका छन् । किरात राई यायोक्खा महानगर समितिद्वारा उद्यौली पर्वको उपलक्ष्यमा विराटनगर–११ स्थित किरात राई यायोक्खा सामूहिक चुल्लो भवन (खिम)को बुधबार उद्घाटन गर्दै जनतामा संघीय र प्रदेशमा रहेको स्थिर सरकारको अन्यौलतासम्बन्धी निरासा केही समयभित्रमा सकारात्मक हुनुका साथै विकास र समृद्ध कार्य द्रुतरुपमा अगाडि वढ्ने विश्वास व्यक्त गरे ।