लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा बढे पर्यटक

रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान गर्न आउने पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या बढेको छ।

सम्बन्धित सामग्री

पर्यटकको हवाई उद्धार

रसुवा :  हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ। लाङटाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो।डानेष्ट्री एयरको हेलिकप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको उक्त एयरले जनाएको छ। रसुवा अस्पताल धुञ्चेका अनुसार पैदल यात्राका क्रममा बाटोमा पछारिएकी ती पर्यटकको नारीमा ठक्कर लागेको जनाइएको छ। रसुवाको गोसाइँकुण्ड र लाङ्टाङ हिमाली पदयात्रामा जाने पर्यटक बिरा

गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी पर्यटकको हवाई उद्धार

रसुवाको गोसाइँकुण्ड र लाङ्टाङ हिमाली पदयात्रामा जाने पर्यटक बिरामी परी अत्तालिएको अवस्थामा हेलिकप्टरहरूले छिटोभन्दा छिटो उद्धार गर्ने गरेको पर्यटन व्यवसायी निसान गजुरेलले जानकारी दिए ।

लाङ्टाङ् र गोसाइँकुण्ड क्षेत्रको पदयात्रामा विदेशी पर्यटक आकर्षित

फागुन ३०, रसुवा । पछिल्लो समय रसुवाको हिमाली क्षेत्रमा पदयात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।            कोभिड–१९ संक्रमण शून्यमा झरेसँगै लाङ्टाङ् र गोसाइँकुण्ड क्षेत्रमा पदयात्रा गर्न पर्यटक आउन थालेका छन् । होटल व्यवसाय संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार दैनिक २०/ २५ आन्तरिक र बाह्य पर्यटक गोसाइँकुण्ड पदयात्रा गर्न आउन थालेका छन् । पर्यटनको आगमनसँगै यहाँको होटल व्यवसाय चलायमान भएको छ ।            चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ११ हजार ६१८ जना आन्तरिक र बाह्य पर्यटकले लाङ्टाङ् राष्ट्रिय निकुञ्जस्थित गोसाइँकुण्ड र लाङटाङको भ्रमण गरेका छन् । वसन्त र ग्रीष्म ऋतुमा पर्यटकको आगमन उल्लेखनीय रुपमा वृद्धि हुने विगतको तथ्याङ्कले देखाएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।            चालु आर्थिक वर्षको यस अवधिमा १० हजार ५०३ जना आन्तरिक, ११२ जना सार्क राष्ट्रका तथा १ हजार तीन जना अन्य देशका पर्यटकले भ्रमण गरेका छन् । धार्मिक पदमार्गअन्तर्गत तिवारी बगरदेखि चन्दनबारी, लौरिविनायक, गोसाइँकुण्डसम्म र लाङ्टाङ् पदमार्गको स्याफ्रुबेंसीहुँदै लाङ्टाङ क्याङ्जेन सम्मका पर्यटकीय पदमार्गका होटल सञ्चालनमा आएको गजुरेल बताउँछन्।                  हिमाली पदयात्राका लागि आएका भारतीय यात्रु अमित पवारले जीवनमा एकपटक पुग्नैपर्ने तीर्थ भएकाले भगवानको दर्शन गर्न आएको बताए । पर्यटकको आगमनसँगै पदमार्गका होटल व्यवसायी खाध्यान्न ढुवानीमा व्यस्त हुन थालेका छन् । रासस

लाङ्टाङ पदमार्गमा पर्यटक आगमन बढ्दै

रसुवा । कोरोना भाइरस संक्रणको जोखिमका कारण सुनसान रहेको लाङ्टाङ तथा गोसाइँकुण्ड पदमार्गमा विदेशी पर्यटक आगमन बढ्न थालेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह््य पर्यटक आउन थालेका हुन् । पदयात्रीको आगमन शुरू भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेको होटल तथा लज पुनः सञ्चालन हुन थालेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए । पदमार्गमा पर्यटक घुम्न आउन थालेपछि कोरोना भाइरस संक्रमणले थला परेको व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको उनको भनाइ छ । एक–दुई दिन अगाडिदेखि दैनिक रूपमा १५–२० जना आन्तरिक र चार–पाँचजना बाह्य पर्यटक आइरहेको होटल व्यवसायीले बताएका छन् । अबका दिनमा पर्यटन क्षेत्र चलायमान हुने अपेक्षासहित यहाँका व्यवसायीले पदमार्गका होटल तथा लजमा थप सुदृढीकरणको गृहकार्य समेत अगाडि बढाइसकेको अध्यक्ष गजुरेलले जानकारी दिए । गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत रहेको जैविक विविधता, बुधवार परेको हिमपात एवं लौरीविनायक क्षेत्रबाट देखिने पश्चिम नेपालका अग्ला हिमश्रृंखलाले यात्रा मनमोहक बनाएको कपिलवस्तु वाणगंगा–८ का २४ वर्षीय हरि अर्यालले बताए । रसुवा ट्रेक एण्ड ट्राभल टुर ठमेल काठमाडौंमार्फत पर्यटककोे रूपमा गोसाइँकुण्ड आएका अमेरिकी नागरिक पाठरिक र बेलायतबाट आएका निकले हिमाली क्षेत्रको सुन्दरता हेर्न आफ्ना धेरै साथी आउन आतुर रहेको बताए । पहिलो चरणमा आफूहरूले भ्रमण सम्पन्न गरी दोस्रो चरणमा अन्य साथीभाइलाई रसुवाको भ्रमणमा पठाउने उनको भनाइ छ । चन्दनबारी, लौरीविनायक र गोसाइँकुण्डमा एक सातासम्म बस्ने उनीहरूको योजना छ ।      शिशिर ऋतुको फागुन, वसन्त ऋतुको चैत, वैशाख, गृष्म ऋतुको जेठ, शरद् ऋतुको असोज, कात्तिक र हेमन्त ऋतुको मङ्सिर महीना हिमाली पदयात्राका लागि अत्यन्त उपयुक्त समय भएको पर्यटन व्यवसायी गगनराज न्यौपानेले जानकारी दिए । धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड, जीव विशेषज्ञ स्व. डा. प्रह्लाद याञ्जेन रेडपाण्डा पदमार्ग अन्तर्गत लाङ्टाङ तथा क्याङ्जेन, तामाङ सम्पदा मार्गको गतलाङ, नागथली, थुमन र वृद्धिम क्षेत्र पर्यटकको मुख्य आकर्षण थलो भएको पर्यटन व्यवसायीले बताएका छन् । रासस

लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा आउन थाले पर्यटक

१४ फागुन, रसुवा । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह्य पर्यटक आउन थालेका हुन् । पदयात्रीको आगमन सुरू भएसँगै हिमपातका कारण […]

लाङ्टाङमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

कात्तिक १४, रसुवा । नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङ्टाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको आगमन क्रमश वृद्वि भएको छ ।  गत असोज २२ गते फुलपातिदेखि आन्तरिक पर्यटकको आगमन शुरू भएसँगै हिमाली क्षेत्रमा बन्द रहेको होटल व्यवसाय चलायमान हुन थालेको हो । दिनहुँ मौसममा सुधार, प्राकृतिक अवलोकनका लागि सहज र कोभिडका कारण बन्द रहेका होटल तथा लज पुनः सञ्चालन भएसँगै दैनिक सरदर करिब २०० को हाराहारीमा आन्तरिक पर्यटकको आवागमन भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले बताइन् । विदेशी पर्यटक भने फाट्टफुट्ट रूपमा मात्र आएका छन् । कोरोना भाइरसको संक्रमण अवस्था शून्यतामा झरि सकेकाले हिमाली पदयात्रीले निर्धक्क साथ आफ्नो यात्रा गरिरहेका छन् ।  बेँसीबाट लेक चढ्दा चिसोका कारण रूघाखोकी लाग्न सक्ने भएकाले तातोपानी पिउने र न्यानो कपडा लगाउन यात्रुलाई चिकित्सकले सुझाव दिएका छन् । चिसोको कारण उत्पन्न रूघाखोकी लाग्दा नआत्तिन आग्रह गर्दै चिकित्शकले भनेका छन्–तलतल झर्दा क्रमशः आराम हुँदै जान्छ । मानववस्ती नजिक हिमनदी अवस्थित लाङ्टाङको क्याङ्जेन क्षेत्रले पर्यटकलाई मनमोहक बनाई पठाउने गरेको र सुनसान रहेको हिमाली क्षेत्रमा मनिसको चहल बढेसँगै स्थानीयस्तरमा उत्साह बढेको पर्यटन व्यवसायी ढिण्डुप तामाङले बताए ।  पदयात्रामा युवा आउने गरेको र लाङ्टाङ क्षेत्रमा भ्रमण गर्ने आन्तरिक पर्यटक आफ्नो पदयात्रापछि प्रफुल्लित भएर फर्कने गरेको व्यवसायी तामाङले बताए । पर्यटकीय क्षेत्रका सबै स्थानमा होटल तथा लज सञ्चालनमा आइसकेको जानकारी दिँदै पर्यटन होटल व्यवसायी संघका जिल्ला अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले निर्धक्क साथ यात्रा गरी प्राकृतिक आनन्द लिन आग्रह गरेका छन् । यस्तै धार्मिक एवं पर्यटकिय क्षेत्र गोसाइँकुण्ड क्षेत्रको पदमार्गमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । भगवान् शंकर बिराजमान रहनुभएको पवित्र तीर्थ गोसाइँकुण्डको स्थान तथा पूजाआजा र प्राकृतिक छटाको दृश्य अवलोकनका लागि पर्यटक एवम् धार्मिक यात्रुको रूपमा अधिकांश मानिस गोसाइँकुण्ड जाने गरेका छन् । आन्तरिक पर्यटकको आगमन बढेसँगै रसुवाका पर्यटकीय क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत पार्न सुरक्षा गस्ती बढाइएकाले निधक्कका साथ यात्रा गर्न सम्पूर्ण पदयात्रीलाई आग्रह गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।  लाङ्टाङ तथा गोसाइँकुण्ड निकुञ्जको संरक्षित क्षेत्रमा पर्ने भएकाले हिमाली पदयात्रा गर्दा, फोहर जथाभावी नफ्याक्न, लठ्ठीको लागि बोटबिरूवा नकाट्न र वन्यजन्तु तर्सने खाले कुनै क्रियाकलाप नगर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले पदयात्रीलाई आग्रह गरेको छ । रासस

दशैंको घुमफिर ‘लाङ्टाङ र गोसाइँकुण्ड’को पदयात्रा

कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका हुन् । लामो समयदेखि सुनसान नेपालको तेस्रो पर्यटकीय क्षेत्र लाङ्टाङ एवं पवित्र तीर्थ गोसाइँकुण्ड जाने पदयात्रीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको यहाँस्थित होटल …

रसुवामा चहलपहल बढ्दै, गोसाइँकुण्डले तान्दै पर्यटक

वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक  छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् ।  लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत भेषभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न थालेको हो ।&nbs...