लाङ्टाङ पदमार्गमा पर्यटक आगमन बढ्दै

रसुवा । कोरोना भाइरस संक्रणको जोखिमका कारण सुनसान रहेको लाङ्टाङ तथा गोसाइँकुण्ड पदमार्गमा विदेशी पर्यटक आगमन बढ्न थालेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह््य पर्यटक आउन थालेका हुन् । पदयात्रीको आगमन शुरू भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेको होटल तथा लज पुनः सञ्चालन हुन थालेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए । पदमार्गमा पर्यटक घुम्न आउन थालेपछि कोरोना भाइरस संक्रमणले थला परेको व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको उनको भनाइ छ । एक–दुई दिन अगाडिदेखि दैनिक रूपमा १५–२० जना आन्तरिक र चार–पाँचजना बाह्य पर्यटक आइरहेको होटल व्यवसायीले बताएका छन् । अबका दिनमा पर्यटन क्षेत्र चलायमान हुने अपेक्षासहित यहाँका व्यवसायीले पदमार्गका होटल तथा लजमा थप सुदृढीकरणको गृहकार्य समेत अगाडि बढाइसकेको अध्यक्ष गजुरेलले जानकारी दिए । गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत रहेको जैविक विविधता, बुधवार परेको हिमपात एवं लौरीविनायक क्षेत्रबाट देखिने पश्चिम नेपालका अग्ला हिमश्रृंखलाले यात्रा मनमोहक बनाएको कपिलवस्तु वाणगंगा–८ का २४ वर्षीय हरि अर्यालले बताए । रसुवा ट्रेक एण्ड ट्राभल टुर ठमेल काठमाडौंमार्फत पर्यटककोे रूपमा गोसाइँकुण्ड आएका अमेरिकी नागरिक पाठरिक र बेलायतबाट आएका निकले हिमाली क्षेत्रको सुन्दरता हेर्न आफ्ना धेरै साथी आउन आतुर रहेको बताए । पहिलो चरणमा आफूहरूले भ्रमण सम्पन्न गरी दोस्रो चरणमा अन्य साथीभाइलाई रसुवाको भ्रमणमा पठाउने उनको भनाइ छ । चन्दनबारी, लौरीविनायक र गोसाइँकुण्डमा एक सातासम्म बस्ने उनीहरूको योजना छ ।      शिशिर ऋतुको फागुन, वसन्त ऋतुको चैत, वैशाख, गृष्म ऋतुको जेठ, शरद् ऋतुको असोज, कात्तिक र हेमन्त ऋतुको मङ्सिर महीना हिमाली पदयात्राका लागि अत्यन्त उपयुक्त समय भएको पर्यटन व्यवसायी गगनराज न्यौपानेले जानकारी दिए । धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड, जीव विशेषज्ञ स्व. डा. प्रह्लाद याञ्जेन रेडपाण्डा पदमार्ग अन्तर्गत लाङ्टाङ तथा क्याङ्जेन, तामाङ सम्पदा मार्गको गतलाङ, नागथली, थुमन र वृद्धिम क्षेत्र पर्यटकको मुख्य आकर्षण थलो भएको पर्यटन व्यवसायीले बताएका छन् । रासस

सम्बन्धित सामग्री

लुम्बिनीमा भारतीय पर्यटक आगमन उच्च

बुटवल– लुम्बिनीमा भारतीय पर्यटकको आवागमन बढेको छ भने तेस्रो मुलुकका पर्यटक घटेका छन् । सन् २०१९ को सेप्टेम्बरमा लुम्बिनीमा ८ हजार ३ सय ४१ भारतीय पर्यटक आएका थिए । तर यो वर्षको सेप्टेम्बरमा भारतबाट १५ हजार ४ सय ८ पर्यटक लुम्बिनी भित्रिएका छन् । सेप्टेम्बरमा मात्र नभई २०२३ को नौ महिनालाई हेर्दा भारतीय पर्यटक आगमन […]

पर्यटक आगमन ९८ प्रतिशतले वृद्धि

देशको अर्थतन्त्रमै मन्दी छाइरहेका वेला विदेशी पर्यटक आगमनमा भने सुखद संकेत देखिएको छ । सन् २०२३ को पहिलो ६ महिनामा पर्यटक आगमन बढेर दोब्बर भएको छ । यो संख्या कोभिड महामारीपछिकै सबैभन्दा...

पर्यटक आगमन मासिक औसत साढे ४९ हजार नाघ्यो

१५ मंसिर, काठमाडौं । नेपालमा पर्यटक आगमन प्रतिमहिना औसत ४९ हजार ६५६ जना पुगेको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै जनाए अनुसार सन् २०२२ को नोभेम्बर महिनासम्म कुल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल आएका छन् । यसअनुसार प्रतिमहिना ४९ हजार ६५६ जना पर्यटक नेपाल आएको देखिन्छ । पछिल्लो ६ […]

पर्यटन बोर्डले सच्यायो पर्यटक आगमन तथ्यांक, अप्रिलमा आए ५८,३८४

१९ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक सच्याएको छ । बोर्डले अप्रिल महिनामा ३५ हजार ८७१ जना पर्यटक आएको भन्दै तथ्यांक सार्वजनिक गरेको थियो । त्यसलाई सच्याउँदै पर्यटक आगमन ५८ हजार ३८४ पुगेको बताएको छ । अघिल्लो तथ्यांकमा भारतीय पर्यटक नजोडिएको भन्दै बोर्डले मिडिया सेन्टरबाट नयाँ अपडेट सार्वजनिक गरेको […]

अप्रिलमा घट्यो पर्यटक आगमन, ३५ हजार मात्र आए

१९ वैशाख, काठमाडौं । सन् २०२२ को चौथो महिना (अप्रिल)मा अघिल्लो महिना (मार्च)को तुलनामा पर्यटक आगमन घटेको छ । मार्चमा कोरोना भाइरसको महामारी सुरु भएयता कै सर्वाधिक (४२ हजार ६ जना) संख्यामा पर्यटक आएका थिए । तर, अप्रिलमा भने पर्यटक आगमन मात्र ३५ हजार ८७१ जना रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । सन् […]

संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख

कोरोनाको संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । सन् २०२२ को जनवरी र फेब्रुअरीमा नेपाल आउने पर्यटक संख्या सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी रहेको छ ।  नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को पहिलो २ महिनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल आएका छन्, गतवर्षको सोही अवधिमा १८ हजार २० जना पर्यटक नेपाल आएका थिए ।फेब्रुअरीमा १९ हजार ७६६ पर्यटक आएका छन् । यो सन् २०२१ को भन्दा दोब्बर बढी हो । गतवर्षको फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल आएका थिए । यस्तै जनवरी महिनाम

पर्यटक आगमन घटेको वर्ष पर्यटन आयमा सुधार

९ माघ, काठमाडौं । सन् २०२१ मा पर्यटक आगमनमा ठूलो गिरावट आयो । खासगरि सन् २०२० को पहिलो दुई बीना अवरोध पर्यटक आगमन भएको थियो । तर, सन् २०२१ मा भने शुरुवाती महिनाबाटै कोरोना भाइरसको महामारीले आगमन प्रभावित बनाएको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा ३४.९ प्रतिशत […]

निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो पर्यटक आगमन

१८ साउन, काठमाडौं । कोरोना भाइरसको महामारी बढेपछि आगमन बन्द गरिँदा ठप्पप्राय रहेको पर्यटक आगमन निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थालेको छ ।  अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार जुलाई २०२१ को एक महिनाको अवधिमा २९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या भारतबाट हवाई मार्गबाट आएका यात्रु, कुटनीतिक नियोगमा काम गर्ने कर्मचारी, […]