रसुवा : हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ। लाङटाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो।डानेष्ट्री एयरको हेलिकप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौँ पुर्याइएको उक्त एयरले जनाएको छ। रसुवा अस्पताल धुञ्चेका अनुसार पैदल यात्राका क्रममा बाटोमा पछारिएकी ती पर्यटकको नारीमा ठक्कर लागेको जनाइएको छ। रसुवाको गोसाइँकुण्ड र लाङ्टाङ हिमाली पदयात्रामा जाने पर्यटक बिरा