अक्सिजन अभावले कोरोना संक्रमितको उपचारमा कठिनाई आएको भन्दै विभिन्न ४ अस्पतालले यसबाट हात झिकेका छन् ।
शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै अस्पतालहरूले अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएको भन्दै सिमिति शैयामात्र सञ्चालनमा ल्याउने जनाएका हुन् ।
विज्ञप्तिमा मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर र हेल्पिङ ह्याण्ड्स सामूदायिक अस्पतालले हस्ताक्षर गरेका छन् ।
उनीहरूले अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सिमित शैयामात्र सञ्चालनमा ल्याई सेवा प्रदान गरिने ...