काठमाडौं : सरकारले भोलि नागरिकता विधेयक संसदबाट पारित गर्ने भएको छ। संसद सचिवालयले भोलिको प्रतिनिधिसभाको बैठकको कार्यसूची सार्वजनिक गर्दै विधेयक पारित गरिने जनाएको छ। त्यसअघि गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन्। अघिल्लो सरकारले ल्याएको न