काठमाडौं : सरकारले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक भोलि पारित गर्ने तयारी गरेको छ।प्रतिनिधिसभाले भोलि बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची सार्वजनिक गरेको छ। सम्भावित कार्यसूचीअनुसार मन्त्री खाँणले भोलिकै बैठकमा नागरिकता विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। विधेयकमा बोल्न सांसद्हरूलाई ३ मिनेट समय दिइनेछ।राष्ट्रपतिको सन्देश र सांसद्हरूले राखेका माग सरकारले सम्बोधन ग