सेन्ट्रल फाईनान्सद्वारा विद्यालयलाई कम्प्युटर सामग्री वितरण तथा आर्थिक सहयोग

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले भक्तपुर नगरपालिकाका विद्यालयहरूलाई कम्प्युटर सामग्री तथा आर्थिक सहयोग वितरण गरेको छ ।  फाईनान्सको भक्तपुर शाखाले भक्तपुर नगरपालिकाको वडा नम्बर १० मा रहेको हंसबाहिनी आधारभुत विद्यालय र वडा नम्बर ९ मा रहेको ब्रम्हाचारिणी आधारभुत विद्यालयमा एक–एक थान कम्प्युटर, थ्री इन वन प्रिन्टर तथा युपीएस वितरण गरेको छ । साथै ब्रह्मायणी आधारभुत विद्यालयलाई फल्स सिलिङको लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको फाईनान्सले जानकारी दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाको भक्तपुर शाखा प्रमुख कान्छी मैंया प्रजापतिले उक्त सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गरिन् ।  नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त वित्तीय संस्थाको रूपमा २६ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा छ । संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, RTGS, Merchant QR Payment, QR Teller, रेमिट्यान्स सेवा, सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

सम्बन्धित सामग्री

विवाहमा हुने फजुल खर्च कटाएर विपन्न्न विद्याथीलाई आर्थिक सहयोग गर्ने

अर्घाखाँची । विवाहको भोजभतेरमा हुने फजुल खर्च हुने रकमबाट अर्घाखाँचीका एक दम्पतीले विपन्न परिवारका विद्यार्थीलाई १ लाख बराबरको आर्थिक तथा शैक्षिक सामग्री सहयोग गर्ने भएका छन् । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ११ का गणेश बेल्बासे र शितगंगा १० की सुमित्रा भण्डारीले जिल्ला अदालत अर्घाखाँचीमा (कोट म्यारिज)को दर्ता पछि पत्रकार सम्मेलन मार्फत सोहि रकम घोषणा […] The post विवाहमा हुने फजुल खर्च कटाएर विपन्न्न विद्याथीलाई आर्थिक सहयोग गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौँ,२४ असार । स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल को–अपरेशन फर डेभलपमेन्टको समन्वय तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीको पहलमा वालिङ नगरपालिकाका सामुदायिक विद्यालयका बालसिकाइ कक्षादेखि ८ कक्षासम्मका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । फाउण्डेशनले […]

महालक्ष्मी बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको दरबारमार्ग शाखाले नक्साल काठमाडौंस्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुद सामग्री तथा पानी ट्यांकीका लागि ५० हजार रूपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ।...

महालक्ष्मी विकास बैंकद्वारा नन्दी माविलाई आर्थिक सहयोग

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्ने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यलाई निरन्तरता दिँदै यस बैंकको दरबारमार्ग शाखाले नक्साल, काठमाडौँस्थित नन्दी माविलाई खेलकुदका सामग्री तथा पानी ट्यांकीका लागि ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो। विद्यालय प्रांगणमा आयोजित एक […]

रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबी

रुसले युक्रेनमाथिको आक्रमणका लागि चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । अमेरिकाको फाइनान्सियल टाइम्स र न्युयोर्क टाइम्ससहितका पत्रिकाले अमेरिकी अधिकारीलाई उदृत गर्दै रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोगको माग गरिरहेको दाबीसहितको खबर छापेका बीबीसीले जनाएको छ । खबरमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै चीनसँग सैन्य सहयोग माग गरेको दाबी गरिएको छ । अमेरिकी अधिकारीले रुसले चीनसँग कस्ता हतियार वा सैन्य सामग्री माग गरिरहेको छ भन्नेबारे खुलाएका भने छैनन् । चीन अहिलेसम्म ...

स्थानीय तहलाई १९ लाखको स्वास्थ्य सामग्री प्रदान

जुम्लाका स्थानीयतहलाई कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको छ । दातृ संस्था प्लान इन्टरनेसनलको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा जुम्लाका स्थानीयतहलाई १९ लाख बढीको स्वास्थ्य सामागी दिइएको हो । जिल्ला विपद व्यवस्थापन समितिमार्फत यहाँका स्थानीयतहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।कोभिड–१९ रोकथाम, न्यूनीकरण र प्रतिकार्यका लागि […]

स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

खलङ्गा, १० असोज: प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा जुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । कोभिड–१९ रोकथाम, न्यूनीकरण र प्रतिकार्यका लागि स्थानीय तह र जिल्लामा सञ्चालित आइसोलेशन केन्द्र र अस्पताललाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्वास्थ्य सामग्री प्रदान गरिएको […]

राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख आर्थिक सहयोग

तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङ घर भई हाल बेलायतमा रहेका अर्जुनबहादुर थापाले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बेलायतमा नमस्ते गोर्खा नेपलीज रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थापाले आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका हुन् । आविष्कार केन्द्रले कोभिड–१९ विरुद्ध गर्ने स्वास्थ्य सामग्री उत्पादन सहितका काममा योगदान पुगोस् भन्ने अभिप्रायले इन्टरनेसनल नेप्लीज सेफ्स सोसाइटीका अध्यक्ष समेत रहेका थापाले आर्थिक सहयोग गरेका हुन् । होटल म्यानेजमेन्ट एण्ड टे«निङ सेन्टरबाट तालिम ल...

महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग

कन्चनपुर। बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि १० लाख आर्थिक सहयोग गरेको छ। नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई १० लाखको चेक हस्तान्तरण गरे। कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि आर्थिक सहयोग गरेको नगरका प्रमुख चन्दले बताए। रासस

बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग

बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ।