रुसले युक्रेनमाथिको आक्रमणका लागि चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।
अमेरिकाको फाइनान्सियल टाइम्स र न्युयोर्क टाइम्ससहितका पत्रिकाले अमेरिकी अधिकारीलाई उदृत गर्दै रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोगको माग गरिरहेको दाबीसहितको खबर छापेका बीबीसीले जनाएको छ ।
खबरमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै चीनसँग सैन्य सहयोग माग गरेको दाबी गरिएको छ । अमेरिकी अधिकारीले रुसले चीनसँग कस्ता हतियार वा सैन्य सामग्री माग गरिरहेको छ भन्नेबारे खुलाएका भने छैनन् ।
चीन अहिलेसम्म ...