निर्वाचनले गणतन्त्रलाई थप मजबुत बनाएको छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको बताएका छन् ।उधौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हालै सम्पन्न निर्वाचनका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै दिगो, स्थिर र अग्रगामी समाज निर्माणका लागि एकताबद्ध भई अगाडि बढ्नसमेत आग्रह गरे ।   प्रचण्डले किराँत समुदायको उधौली तथा ज्यापू

सम्बन्धित सामग्री

होनहार युवाहरूको निधनले अत्यन्तै मर्माहत बनाएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी होनहार युवाको निधन भएको घटनाले आफू मर्माहत भएको बताएका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उक्त अकल्पनीय घटनाबाट जीवन गुमाभएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । आजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनामा दिवङ्गत भएका […]

प्रचण्ड सरकारको ६ महिना : सार्वजनिक सेवा सहज र अर्थतन्त्र गतिशील बनाएको दाबी

सरकारले सार्वजनिक सेवालाई सरल र अर्थतन्त्रलाई गतिशील बनाएको दाबी गरेको छ । प्रशासकीय सुधार गरी जनताले लिने सेवालाई सरल, सुलभ र झन्झटरहित बनाएको तथा वित्तीय तथा मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रलाई...

‘पुस १० मा नफर्किए प्रचण्ड पछुताउनुपर्छ’

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन फेरेर नेपाली कांग्रेसतिर गइसकेका छन् । पूर्व सभामुख सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको नेकपा एमालेले भने अझै आश मारेको छैन । सरकार गठन हुँदा प्रचण्ड प्रधानमन्त्री हुने र एमालेले सभामुख र राष्ट्रपति लिने १० पुसको सहमतिमा आफूहरु अझै प्रतिबद्ध रहेको बताउँछन्, एमाले महासचिव शंकर पोखरेल । […]

आफैंले बनाएको भुमरीमा प्रचण्ड–माधव

९ फागुन, काठमाडौं । ‘एमसीसी टेबल गर्न हुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार अपरान्ह पौने पाँच बजे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका घाइतेहरूमध्ये माओवादीकै कार्यकर्ता समेत छन् । एमसीसीविरुद्ध उत्रिएका प्रदर्शनकारीले नयाँ […]

केपी ओलीले घाइते बनाएको नेकपा अब एकढिक्का बनाएर लैजान्छौं : घनश्याम भुसाल

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले नेकपा अब एकढिक्का बनाएर लैजाने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले घाइते बनाएको नेकपा अब एकढिक्का बन्ने उनले बताए । ‘केपी ओलीले नेकपा घाइते बनाउनुभएको थियो । तर, अब हामी यता र उताको नभनी नेकपा एक ढिक्का बनाएरै लैजान्छौं’, उनले भने । घाइते नेकपाको […]

मैले बनाएको सरकारले नै मलाई गिरफ्तार गर्‍यो : रामकुमारी झाँक्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले आफू संसदीय दलको सदस्य भएको र सरकार बनाएको पार्टीको सरकारले नै आफूलाई गिरफ्तार गरेको टिप्पणी गरेकी छन् । प्रहरीले पक्राउ पूर्जी थमाएपछि घरबाटै गिरफ्तारी दिनुअघि समर्थकहरूलाई सम्बोधन गर्दै नेत्री झाँक्रीले भनिन्, ‘जुन पार्टीमा म आवद्ध थिएँ, जुन पार्टी संसदीय दलको म सदस्य थिएँ, त्यही दलबाट निर्वाचित प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमले गर्दा संविधानमाथि बलात आक्रमण भएको छ ।’ कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडेको भए पनि फेरि लड्नुपर्...

प्रचण्डको दाबी– 'जनताले होइन, पार्टीले बनाएको हो ओलीलाई प्रधानमन्त्री'

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको दाबी गरेका छन् । पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीको योजनाअनुसार काम नगरेकाले हटाउने तयारी भएको उनले दाबी गरे ।  आफूपक्षीय युवा संघका कार्यकर्ताको बैठकलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको कम्युनिस्ट आदर्शलाई उल्लंघन गरेका कारण ओलीमाथि कारवाही गरिएको बताएका हुन् । ‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन...

आफैंले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताएका छन् । जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाण सुनेर आफूलाई पोल्ने गरेको समेत उनले बताए ।यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देश भित्र र