नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले आफू संसदीय दलको सदस्य भएको र सरकार बनाएको पार्टीको सरकारले नै आफूलाई गिरफ्तार गरेको टिप्पणी गरेकी छन् ।
प्रहरीले पक्राउ पूर्जी थमाएपछि घरबाटै गिरफ्तारी दिनुअघि समर्थकहरूलाई सम्बोधन गर्दै नेत्री झाँक्रीले भनिन्, ‘जुन पार्टीमा म आवद्ध थिएँ, जुन पार्टी संसदीय दलको म सदस्य थिएँ, त्यही दलबाट निर्वाचित प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमले गर्दा संविधानमाथि बलात आक्रमण भएको छ ।’
कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडेको भए पनि फेरि लड्नुपर्...