केही खेलका नतिजा यस्ता हुन्छन्, जुन अपेक्षित हुन्छ । त्यो संयोगले जुरेको हुनसक्छ । त्यो परिस्थितिले जुराएको पनि हुनसक्छ । थ्रीस्टार क्लबले ललितपुर ‘छिमेकी’ जावलाखेलमाथि शनिबार पाएको जित यस्तै रह्यो । सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९–८० मा थ्रीस्टारलाई रेलिगेसनबाट बच्न जावलाखेलविरुद्ध निश्चित जित आवश्यक थियो । हारमात्र होइन, बराबरी पनि स्वीकार्य थिएन । आखिरमा यस्तै भयो । थ्रीस्टारको जित वास्तवमै कुनै सिनेमाको पटकथा जस्तै रह्यो ।