परीक्षामा टप भयौ भने पुरस्कार पाउँछौ... स्कुलको काम गरेनौ भने खेल्न जान पाउँदैनौ... पैसाको कमी छैन, जे मन लाग्यो किन्नु... तिमीमाथि विश्वास छैन । कतै तपाईं पनि यस्तै भन्ने खालको अभिभावक त हुनुहुन्नँ ? यदि हो भने आफ्नो बानी तुरुन्त परिवर्तन गर्नुहोस् । रेजिङ एन एन्त्रप्रेन्योरकी लेखिका मार्गट म्याकल विश्नोवले आफ्नो किताबका लागि ७० यस्ता अभिभावकसँग कुराकानी गरेकी छिन् जसका बच्चा ठूला उद्यमी बने र आफ्नो जीवनमा सफल रहे ।बालबालिकाको पालनपोषणमा सबैभन्दा ठूलो भूमिका कुराकानीको रहेको उनी बताउँछिन् । तपा