२८ मंसिर, काठमाडौं । संघीय संसद् सेवाको सर्वाेत्कृष्ट पुरस्कार उपसचिव सिर्जना बरालले पाएकी छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संघीय संसद व्यवस्थापन समितिले १ लाख रुपैयाँ राशिको पुरस्कारका लागि बरालको नाम छनोट गरेको थियो । बुधबार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बराललाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरे । […]