निजामती सेवा दिवस २०७९ को अवसरमा नेपाल सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारबाट कर्मचारीहरूलाई सम्मानित गरेको छ । गत भदौ २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार सो पुरस्कार वितरण गरेको हो ।उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूमा आन्तरिक राजस्व विभागका निर्देशक पदमकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव दीपकप्रसाद खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवाली, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव