गृहमन्त्री बालकृष्ण खाणले जनताको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बलको कुरिनटारस्थित नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालयद्वारा सञ्चालित गोताखोर तालिमको समापन समारोहमा बोल्दै गृहमन्त्री खाणले यस्तो बताउनुभएको हो ।