दाङ : नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङमा प्राकृतिक चिकित्सा तथा योग विज्ञान अध्यापन हुने भएको छ।
विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञान अध्यापन हुन लागेको बताए। यसका लागि बेलझुण्डीमा ४३ करोड रूपैयाँ लागतमा शिक्षण भवन निर्माण गर्ने तयारी विश्वविद्यालयले गरेको छ।
यसका लागि तयारी भइसकेको उनले बताए। ‘नेपालमै पहिलो पटक विश्वविद्यालयमा प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन शुरु हुँदै छ,’ उनले भने‚ ‘यसका लागि ४३ करो...