नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार

दाङ – नेपाल संस्कृत विश्वविद्यालयले नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार पारेको छ । स्नातक तहको प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार पारी विषयगत समितिमा पठाइएको विश्वविद्यालयले जनाएको छ । विषयगत समितिबाट स्वीकृत गरि पाठ्यक्रम चिकित्सा सेवा आयोगमा पठाइने र आयोगले स्वीकृति दिए लगत्तै पठनपाठन शुरु गरिने विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेले जानकारी दिनुभयो । उपकुलपति लामिछानेका अनुसार आयुर्वेद स्नातक तहसमेत अध्ययन गराइरहेको विश्वविद्यालयका लागि ...

सम्बन्धित सामग्री

प्राकृतिक चिकित्सा पद्धतिमा बिरामीको आकर्षण

चितवन। पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धतिमा बिरामीको आकर्षण बढ्दै गएको पाइएको छ । विशेषगरी दीर्घरोगी, नसा, हाडजोर्नी, स्नायु, चर्मरोग, मेरुदण्ड, पक्षाघातजस्ता जटिल रोगका उपचारका लागि यो पद्धति प्रभावकारी बन्दै गएको छ ।  बिरामीलाई लामो समय प्राकृतिक पद्धतिद्वारा उपचार गरिने र सञ्चो पनि हुने भएकोले त्यस्ता बिरामीले यो पद्धति पछ्याउन थालेका हुन् । चितवनको देवघाटस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको छ । पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धतिमा आकर्षण बढ्दै गएको चिकित्सालयका फिजियोथेरापी विभागका प्रमुुख डा. अनिलबाबु पराजुलीले जानकारी दिए । दीर्घरोगी र एलोपेथिक उपचारपश्चात् पनि थप उपचारका लागि यहाँ आउने गरेको उनले बताए । ‘चिकित्सालयमा नसा, हाडजोर्नी, स्नायु, चर्मरोग, मेरूदण्ड, पक्षाघातजस्ता जटिल रोगको बिना औषधि उपचार हुने गरेको छ,’ उनले भने ।  उनका अनुसार प्राकृतिक चिकित्सालयबाट जुनसुकै रोग पनि औषधिको प्रयोगबिना नै सफल उपचार हुँदै आएको छ । पछिल्लो समय चिकित्सालयमा आवश्यकता अनुसारका यन्त्र उपकरण पनि थपिएकाले उपचारमा थप सहज भएको छ । ‘अझै पनि हामीसँग पर्याप्त स्रोतसाधन छैन, तैपनि उपलब्ध स्रोत र साधनका आधारमा सहज सेवा दिँदै आएका छौं,’ उनले भने । कोरोना महामारीमा चर्चा कमाएको यो चिकित्सालयमा चितवनसहित छिमेकी जिल्ला गोरखा, लमजुङ, तनहुँ, कास्कीलगायत जिल्ला र अन्य क्षेत्रका नागरिक पनि सेवा लिन आउने गरेका छन् । यहाँ रोगको प्रकृतिअनुसार १५ दिनदेखि डेढ–दुई महीनासम्म उपचारका लागि समय लाग्ने गरेको छ । चिकित्सालयका मेडिकल अफिसर डा. सुजन कँडेलका अनुसार प्रकृतिमा निहित तत्वको प्रयोग नै प्राकृतिक चिकित्सा हो । प्राकृतिक नियमविपरीतका गतिविधि गरिँदा मानव स्वास्थ्यमा विभिन्न खालका रोग फैलिने क्रम बढ्दै गएको उनको भनाइ छ । ‘आकाश, जल, वायु, पृथ्वी, अग्निसहितका पञ्चतत्वको सन्तुलित अवस्थाले मानव स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ,’ उनले भने, ‘त्यसलाई सन्तुलनमा राख्ने काम प्राकृतिक चिकित्सा पद्धतिले गर्छ ।’ चिकित्सालयका अध्यक्ष पूर्णबहादुर श्रेष्ठका अनुसार हाल चिकित्सालय ५० शøया क्षमता भए पनि सरकारबाट जम्मा २५ शøयाको अनुमति पाएको छ । नारायणगढ बजारबाट नजिक र जंगलको बीचमा रहेको चिकित्सालयमा योग, ध्यानसहित प्राकृतिक वातावरणमै बिरामीको उपचार हुँदै आएको छ ।

भरतपुरका विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था  गरिने

चितवन– भरतपुर महानगरपालिकाले स्वस्थ जीवनका लागि सबै विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा  प्रशिक्षणको व्यवस्था गर्ने भएको छ ।  आगामी आर्थिक वर्षबाट ‘शिक्षामा योग, टाढा लाखौं रोग’ नाराका साथ सामाजिक सङ्घ संस्थासँगको समन्वयमा विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था मिलाउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालले शैक्षिक क्षेत्रमा व्यवहारिक र जीवनोपयोगी ज्ञानलाई समेत ध्यान […]

हाड–जोर्नीका लागि प्राकृतिक चिकित्सा

स्पार्क हेल्थ होम हस्पिटलले विगत ३१ वर्षदेखि प्राकृतिक चिकित्सा पद्धतिद्वारा बिरामीको उपचार गर्दै आएको छ । विशेष गरी हाड–जोर्नी र नसासम्बन्धी उपचारमा यो अस्पतालको प्राथमिकता रहेको देखिन्छ । औषधि एवं कुनै केमिकलहरुको प्रयोग नगरी प्राकृतिक विधिहरु प्रयोग गरेर बिरामीको उपचार गर्ने गरिएकाले यो विधिबाट उपचार गर्दा विनासाइड इफेक्ट नै बिरामी निको हुने यस अस्पतालको व्यवस्थापनले […]

प्राकृतिक चिकित्सा र योग

चन्द्र कटुवाल कुनै पनि औषधीको प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने उपचार विधिलाई प्राकृतिक चिकित्सा भनिन्छ । यो प्रभावकारी र हानिरहित विधि हो । “रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै सर्वोत्तम उपाय हो ।” यो नै प्राकृतिक चिकित्साको मूलमन्त्र हो । जग हो । रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवन बाच्नका लागि […]

प्राकृतिक चिकित्सालय, रजहर अब शिक्षण अस्पताल बन्दै

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका व्यवस्थापक हरि …

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ।...

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

काठमाडौँ । पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका […]

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए । यो दश बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा आवासीय रुपमा तीन सय बिरामीलाई उपचार गर्ने सकिने भए