किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान

लमजुङ – राइनास नगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार कार्यक्रममा ५० प्रतिशत अनुदान दिने भएको छ । उक्त कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १२ जना गाइभैंसी पालक किसानलाई अनुदानको लागि छनौट गरेको छ । कम्तीमा पनि ३ वटा दुहुनो गाइभैंसी पालेका किसानलाई गोठ सुधारमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ । व्यवसायीक रुपमा गाइभैंसी पालन गर्दै […]

सम्बन्धित सामग्री

सिँचाइको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान

त्रिवेणी, ३ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले कृषि सिँचाइ मिटरको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षबाट सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिने गरी कार्यक्रम तय गरेको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए । कृषि पेसा गरेका किसानलाई सिँचाइमा सुविधा दिने योजनाअनुसार नगरपालिकाले नीति […]

बाँझो जमिन प्रयोगमा ल्याउन ५० प्रतिशत अनुदान

बाँझो जमिन सदुपयोग गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले अनुदान कार्यक्रम सञ्चालन सुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रममार्फत् कृषकको मागअनुसार सबै किसिमका व्यवसाय गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षमा कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमका लागि प्राविधिक अनुगमनको काम सकिएको मन्त्रालयका […]

सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान

तनहुँ– व्यास नगरपालिकाले सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।  व्यास नगरपालिकाअन्तर्गत टोल विकास संस्थाबाट सञ्चालित लिफ्टिङ खानेपानी र सडक बत्तीको विद्युत् महसुलमा अनुदान दिने निर्णय भएको हो । नगरपालिकाले सम्बन्धित टोल विकास संस्थालाई अनुदान निर्णय गरेको व्यासका सूचना प्राविधक अधिकृत विशाल पण्डितले जानकारी दिए । पत्रकार महासङ्घ तनहुँको […]

काठमाडौं महानगरले करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान दिने

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरे ।

अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले व्यहोरिदिने निर्णय गरेका हुन् । यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बिमामै खर्च हुनेछ ।पालिकाको आन्तरिक आम्दानी दुई करोड पनि छैन । संघ र प्रदेश सरकारको अनुदानमा निर्भर पालिकाले यतिधेरै रकम अनुदान दिने

चितवनमा गोबरमल खरिदमा किसानलाई ५० प्रतिशत अनुदान

चितवन। चितवनको रत्ननगर नगरपालिकाले गोबरमल खरिदमा किसानलाई ५० प्रतिशत अनुदान दिएको छ । रासायनिक मलको प्रयोग कम गर्दै किसानलाई प्राङ्गारिक खेतीतर्फ आर्कषित गराउन अनुदान दिएको नगरपालिकाले जनाएको छ । त्यसको लागि नगरपालिकाले ५० लाख रुपैया विनियोजन गरेको छ । एक टेलर मलको ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म खरिदविक्री हुँदैआएको छ । सो नगरपालिकाले […]

साना किसानका लागि धानको बिउ खरिदमा ५० प्रतिशत अनुदान

सरकारले साना किसानका लागि धानको बिउ खरिदका लागि स्थानीय तह मार्फत ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले दूध तरकारी फलफूल माछामासु लगायतका नाशवान उपभोग्य वस्तुको उत्पादन स्थलदेखि नजिकको बजार केन्द्रसम्म आपूर्ति गर्न लाग्ने ढुवानी भाडामा २५ प्रतिशत अनुदानको पनि व्यवस्था गरिएको जानकारी दिए ।

चाँगुनारायण नगरपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने भएको छ। नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमा गर्ने नगरवासीको कुल लागतमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिन लागेको हो।नगरवासीको स्वास्थ्यको ख्याल गरी  उक्त निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए। उनले उक्त योजना बैशाख १ दिख लागु भएको जानकारी दिए।उक्त कार्यक्रममा समावेश हुन निवेदन पेश गर्दा परिवारका सबै सदस्यहरूको परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने छ।