साना किसानका लागि धानको बिउ खरिदमा ५० प्रतिशत अनुदान

सरकारले साना किसानका लागि धानको बिउ खरिदका लागि स्थानीय तह मार्फत ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले दूध तरकारी फलफूल माछामासु लगायतका नाशवान उपभोग्य वस्तुको उत्पादन स्थलदेखि नजिकको बजार केन्द्रसम्म आपूर्ति गर्न लाग्ने ढुवानी भाडामा २५ प्रतिशत अनुदानको पनि व्यवस्था गरिएको जानकारी दिए ।