काठमाडौं महानगरले करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान दिने

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरे ।

सम्बन्धित सामग्री

काठमाडौँ महानगरले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्यायो

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९÷०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन्।

काठमाडौँ महानगर विशेष अस्पतालको योजना

काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकको उपचारका लागि विशिष्टीकृत अस्पताल बनाउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्दै महानगरपालिकाले ज्येष्ठ नागरिकको उपचारका लागि एक सय शøयाको विशिष्टीकृत ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने जनाएको हो । अस्पतालको सञ्चालन तथा व्यवस्थापन स्वायत्त संरचना वा सहकार्यबाट गरिने महानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत महानगरवासीको बीमा शुुल्कको ५० प्रतिशत अनुदान दिने उल्लेख छ । विशेषज्ञ चिकित्सकद्वारा महानगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क एम्बुलेन्स सेवा तथा स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।