अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको राष्ट्रिय महिला लिग निर्धारित समयमा नहुने भएको छ । कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन) बढ्दै गएपछि एन्फा राष्ट्रिय महिला लिग निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने योजनामा पुगेको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले राष्ट्रिय लिग निर्धारित समयमा नहुने बताए । ‘यो अवस्थामा राष्ट्रिय लिग निर्धारित समयमा नहुन सक्छ । अब, हामी अध्यक्ष ज्यू (कर्मा छिरिङ शेर्पा) सँग कुरा गरेर सम्बन्धित क्लबलाई पत्र काट्छौँ ।&r