चितवन : सशस्त्र प्रहरी बल (एपिएफ) एफसी चितवनको भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ। आज (बिहीबार) भएको पहिलो खेलमा वालिङलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ शीर्षमा उक्लिएको हो।एपिएफको फराकिलो जितमा हालै मात्र चोटबाट फर्किएकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले ४ गोल गरिन्। अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले १/१ गोल गरे।पहिलो हाफमा एपिएफले २ गोल गरेको थियो। खेलको २४ औं अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन्। वालिङकी गोलकिपरलाई बिट गर