असममा भाजपाले बहुमत ल्याउने संकेत

भारतको असम राज्यमा भारतीय जनता पार्टीले विपक्षी महाजोत गठबन्धनलाई हराउँदै बहुमत ल्याउने लक्षण देखिएको छ ।  मतगणनाको आरम्भिक रुझान हेर्दा भाजपाले लगातार दोस्रोपटक कार्यकाल चलाउन सक्ने देखिएको छ ।  भाजपा असममा सत्तामा फर्किएमा यस उत्तरपूर्वी राज्यमा लगातार कार्यकाल चलाउने गैरकांग्रेसी सरकार बन्नेछ ।  त्यहाँको कुल १२६ सीटमध्ये ११५ सीटको रुझान आउँदा भाजपा र गठबन्धन साझेदारले ७३ सीटमा अग्रता लिइरहेको देखिन्छ भने कांग्रेस र साझेदारले ४१ सीटमा अग्रता लिएको छ ।  भाजपा ५६ सीटमा अनि उसको गठबन्धन स...

सम्बन्धित सामग्री

सत्ता गठबन्धनबीच चुनावी तालमेलको ‘भद्र सहमति’, भागवण्डा कसरी होला ?

काठमाडौं, २६ फागुन । सत्ता गठबन्धनका चार दलबीच चुनावी तालमेलको भद्र सहमति भइसकेको बुझिएको छ । एमसीसी अनुमोदन गर्ने सहमति हुँदा चार दलका शिर्ष नेताबीच यस्तो सहमति बनेको बुझिएको छ । आज प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनले चुनावमा तालमेल गर्ने संकेत गरे । उनले कसैले पनि एक्लै बहुमत ल्याउने अवस्था […]

काँग्रेस सभापतिको प्रतिष्पर्धा दोस्रो चरणमा जाने निश्चितप्रायः

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा कसैको पनि बहुमत नआउने स्पष्ट संकेत देखिएको छ । विधान अनुसार पहिलो चरणमा कसैको पनि बहुमत नआए दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच प्रतिष्पर्धा हुन्छ । काँग्रेसभित्रको अंकगणित हेदा पहिलो चरणमा शेरबहादुर देउवाले सबैभन्दा बढी मत ल्याउने निश्चित जस्तै छ । उनी बहुमत पुर्याउने माहोल सृजना […]

शशांकले भने- कांग्रेस कसैसँग गठबन्धन गर्दैन, पौडेल भन्छन- एकलकाटे हुनुहुँदैन

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् । पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए । ‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि […] The post शशांकले भने- कांग्रेस कसैसँग गठबन्धन गर्दैन, पौडेल भन्छन- एकलकाटे हुनुहुँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रूसी संसदीय निर्वाचनमा राष्ट्रपति पुटिनको पार्टीले बहुमत ल्याउने संकेत

रूसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले बहुमत ल्याउने संकेत देखिएको छ । शुक्रबार, शनिबार र आइतबार भएको संघीय चुनावमा पुटिनको युनाइटेड रसिया पार्टी निकै अगाडि देखिएको छ ।

रुसमा राष्ट्रपति पुटिनको पार्टीले भारी बहुमत ल्याउने संकेत

एजेन्सी । रुसमा हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमीर पुटिनको युनाइटेड रुस पार्टीले बहुमत ल्याउने सम्भावना बलियो बनेको छ । मतगणनाकै क्रममा एक्जिट पोलले सतारुढ दल भारी मतले बिजयी हुने प्रक्षेपण गरेका छन् । क्रेमलिनका आलोचकहरुलाई बञ्चित गरिएको निर्वाचनमा ब्यापक धाँधली भएको बिपक्षी दलहरुको आरोप छ । हालसम्म भएको २५ प्रतिशत मतगणना अनुसार राष्ट्रपति पुटिनको […]

बजेटमा खेलाँची नहोस्

प्रतिनिधिसभाबाट केपी शर्मा ओलीले विश्वास गुमाएसँगै सत्तारूढ दलभित्रको लामो अन्तद्र्वन्द्व तथा राजनीतिक खिचलोले एक प्रकारले निकास पाएको छ । अनेक आशंका र उपशंकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेसँगै संवैधानिक निकास निस्कने देखिएको हो । तर, नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत हुनुपर्ने दिन नजिकिइसकेको छ । सरकारको नीति तथा कार्यक्रम तथा बजेट पारित गर्ने प्रक्रिया पूरा हुन भने समस्या आउन सक्ने देखिएको छ । अर्थतन्त्र डावाडोल हुने अवस्थामा यो वर्ष बजेट नयाँ खालको र क्रान्तिकारी ल्याउनुपर्ने र त्यसका लागि अर्थमन्त्री पूरै खट्नुपर्नेमा अहिले उल्टो भइरहेको छ । ओली सरकारले प्रतिनिधिसभामा आफ्नो बहुमत सिद्ध गर्न नसकेपछि वर्तमान सरकार कामचलाउमा परिणत भएको छ । नयाँ सरकारका लागि दलहरूले पहल गरे पनि विपक्षी गठबन्धनको सरकार बन्न त्यति सहज देखिँदैन । सत्तारूढ दलभित्रको खिचलो नयाँ मोडमा पुगेको छ । सत्तारूढ दलभित्रको दुई खेमा मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा देखिएकाले नयाँ सरकार कस्तो बन्छ भन्ने आकलन गर्न नसकिएको हो । कुनै पनि दलले आफूसँग बहुमत भएको दाबी राष्ट्रपतिसमक्ष पेश नगरेको अवस्थामा ठूलो दलको हैसियतमा नेकपा एमालेले नै पुनः सरकार गठनका लागि अवसर पाउन सक्छ । राजनीतिक दलहरूले रणनीतिक योजनाविना खिचलामात्रै गरेको भन्ने अर्थ यसले दिन्छ । अहिले मुलुक निकै जटिल मोडमा छ । कोरोना संक्रमितको उपचार गर्न नसकेर मुलुकको स्वास्थ्य प्रणाली असफल भइसकेको छ । नागरिकहरू उपचार, अक्सिजन र औषधिको अभावमा अकालमा ज्यान गुमाइरहेका छन् । अर्कातिर ४ जिल्लाबाहेक सबै ठाउँमा निषेधाज्ञा लगाइएको छ जसले गर्दा नागरिकको दैनिकी निकै कष्टकर बन्न थालेको छ । खासगरी विपन्न वर्ग समस्यामा परेका छन् । मुलुकको अर्थतन्त्र बिस्तारै संकटतर्फ धकेलिन थालेको छ । उद्योगहरू सुस्ताउन थालेका छन् । साना तथा मझौला व्यवसायीहरू व्यवसाय धान्न नसक्ने अवस्थामा छन् । गतवर्षको बन्दाबन्दीले भन्दा पनि केही हप्ताको निषेधाज्ञाले अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने लक्षण देखापर्न थालिसकेको छ । यस्तो अवस्थामा आसन्न बजेट निकै सन्तुलित, गम्भीर तथा क्रान्तिकारी र नवीनतम हुनुपर्ने आवश्यकता टड्कारो देखिएको छ । तर, नयाँ सरकार बनाउन दिइएको म्याद र त्यसमा देखिएको जटिलताले बजेट तथा नीति तथा कार्यक्रममा अन्योल देखिएको छ । २०७२ सालमा भूकम्पले मुलुक प्रभावित हुँदा दलहरूबीच एकता देखिएको थियो । तर, अहिलेको समस्या त्यो भन्दा गम्भीर छ र यसको असर दीर्घकालीन पर्ने देखिएको छ । तैपनि दलहरूमा त्यतिबेलाको जस्तो एकताको भावना देखिएको छैन । अहिले संकटप्रति उनीहरू करीबकरीब उदासीनजस्तै भएको भान हुन्छ । दलहरूबीच तथा नेतृत्वबीच देखिएका पारस्परिक अविश्वासको वातावरणमा कतै बजेट नै नआउने वा कामचलाउ बजेटमात्रै आउने हो कि भन्ने खतरा बढेको छ । सरकार जस्तो बने पनि जसको बने पनि नीति तथा कार्यक्रम ल्याउन तथा बजेट बनाउन र तिनलाई पारित गर्न राष्ट्रिय सहमति र एकताको आवश्यकता देखिएको छ । नयाँ सरकारले शुरूमै विश्वासको मत लिन थाले बजेट प्रभावित हुन सक्छ । कुनै पनि अवस्थामा बजेटमा अवरोध नहोस् भनेर नै संविधानमा नै बजेट प्रस्तुत गर्ने दिन तोकिएको हो । बजेट निर्माणमा पूरै केन्द्रित हुनुपर्ने अर्थमन्त्री विष्णु पौडेल बजेट निर्माणमा भन्दा राजनीतिक विषयमा केन्द्रित भइरहेका छन् । अर्थतन्त्र डावाडोल हुने अवस्थामा यो वर्ष बजेट नयाँ खालको र क्रान्तिकारी ल्याउनुपर्ने र त्यसका लागि अर्थमन्त्री पूरै खट्नुपर्नेमा उल्टो भइरहेको छ । अर्थमन्त्री बजेटमा केन्द्रीकृत नहुँदा सरोकारवालाहरूसँग व्यापक छलफल गर्ने र सुझाव लिने काम समेत भइरहेको छैन । यसले राजनीतिक दल र नेतृत्व अर्थतन्त्रप्रति पूरै उदासीन भएको संकेत गर्छ । अतः सबै दलहरू अर्थतन्त्रमा पर्ने असरबारे गम्भीर भई बजेटमा कुनै पनि किसिमको अवरोध नगर्न तथा जतिसुकै राजनीतिक विवाद भए पनि अर्थतन्त्र पुनरुद्धारका कार्यक्रम ल्याउने विषयमा एक ढिक्का हुनैपर्छ ।

कोरोनाको संकट झेलिरहेका मोदीलाई बंगालले पनि दियो झड्का, कसरी बचाउँछन् छवि ?

पश्चिम बंगालमा ममता बनर्जीले बहुमत ल्याउने स्पष्ट संकेत पाइएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई नराम्रो झड्का लागेको छ ।  ताजा रुझानमा तृणमूल कांग्रेसले २०६ र भारतीय जनता पार्टीले ८६ सीटमा अग्रता लिएको देखिन्छ ।    यहीबेलामा देशभरि कोरोना संकटका कारण मोदी सरकारको चौतर्फी आलोचना भइरहेको छ । भारतीय जनता पार्टीका समर्थक समेत सरकार र पार्टी नेतृत्वसँग रिसाएका छन् ।  कोरोनाको सुनामीका कारण मोदी लहर रोकिएको छ ।  मोदी र भाजपाले पश्चिम बंगाल जित्नका लागि पूरा शक्ति लगाएका थिए । तृणमूलसँग ...