रूसी संसदीय निर्वाचनमा राष्ट्रपति पुटिनको पार्टीले बहुमत ल्याउने संकेत

रूसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले बहुमत ल्याउने संकेत देखिएको छ । शुक्रबार, शनिबार र आइतबार भएको संघीय चुनावमा पुटिनको युनाइटेड रसिया पार्टी निकै अगाडि देखिएको छ ।