राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच अबेर राति पार्टी एकता घोषणा

काठमाण्डौ - राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ । राजपा नेपालका संयोजक शरत् सिंह भण्डारीको ललितपुरमा रहेको निवासमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो ।  एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुने छ भने समाजवादी पार्टीले प्...

सम्बन्धित सामग्री

मधेसका ३२ सिटको हिसाबकिताब

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा प्रत्यक्षतर्फ ११ सिटमा विजयी भई पहिलो दल बनेको तत्कालीन राष्ट्रिय जनता पार्टी (हाल लोकतान्त्रिक समाजवादी पार्टी) ले यसपटक ९ सिटमा मात्र उम्मेदवारी दिएको छ।...

जसपालाई गठबन्धनकै आशा, लोसपाभन्दा बढी सीट जित्ने दाबी

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएर जनता समाजवादी पार्टी(जसपा) बनेको दुई वर्ष बित्न नपाउँदै गत साउन ११ गते सो विभाजित भयो । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीचको विवाद निर्वाचन आयोगसम्म पुगेपछि पार्टीको आधिकारिकता उपेन्द्रले पाएका थिए। त्यसपछि दल विभाजनसम्बन्धी अध्यादेशको सहारामा महन्थले नयाँ दल दर्ता गरेर लोकतान्त्रिक समाजवादी पार्टी बनाए । जसको अध्यक्ष हाल ठाकुर नै रहेका छन् । यसैबीच स्थानीय तह निर्वाचन वैशाख ३० गते घोषणा भएपछि मधेसलाई आधार बनाइ र

एकताको १६ महिनामा जसपा विभाजन : दोषी को ?

एकता भएको १६ महिनामै जनता समाजवादी पार्टी नेपाल (जसपा) विधिवत् रुपमा विभाजन भएको छ । २०७७ वैशाखमा तत्कालीन केपी ओली सरकारले ल्याएको अध्यादेशका कारण दल विभाजन हुने खतरा महसुस गर्दै तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ २०७७ वैशाख १० गते गठन भएको थियो । अहिले जनता समाजवादी पार्टी नेपाल शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको सोही प्रकृतिको अध्यादेशपछि विभाजन भएको हो ।विगतदेखि नै फुट्दै–जुट्दै यहाँसम्म आइपुगेका दलहरुले टुट–फुटको शृङ्खलालाई निरन्तरता

जसपा खारेज गर्न सर्वाेच्चमा रिट

जनता समाजवादी पार्टी (जसपा) अवैधानिक रहेको भन्दै खारेज गर्न मागसहित सर्वोच्चमा रिट परेको छ। रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेश माग गरिएको छ। तत्कालीन राजपाका उपाध्यक्षसमेत रहेका अधिवक्ता राजकुमार थापा र अधिवक्ता हृदयराज मिश्रले रिट दायर गरेका हुन्। रिटमा निर्वाचन आयोग, तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र […]

जसपा एकीकरण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) एकीकरण बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाले दायर गरेको रिटमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण प्रारम्भ देखिनै त्रुटिपूर्ण, कपटपूर्ण र संविधान विपरीत रहेकाले एकीकरण खारेज गरी साबिकको राजपा र सपा दल कायम गराउन परमादेश माग गरेका छन्।

जसपा एकीकरणको निर्णय खारेज गर्न माग गर्दै रिट दायर

काठमाडौँ । प्रक्रिया पुरा नगरी समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललाई एकीकरणको मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेज माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। दुई पार्टी मिलाएर जनता समाजवादी पार्टी बनाउने गरी २०७७ साल असार २४ गते आयोगले गरेको निर्णय खारेज गर्न माग गर्दै आइतबार राजपाका तत्कालीन उपाध्यक्ष तथा अधिवक्ता राजकुमार थापाले […]

एमाले सरकार जोगाउने विषयले विभाजनको डिलमा जसपा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा टिकाइराख्ने कि हटाउने भन्ने विवाद बढ्दै जाँदा एकीकरणको वर्ष दिनमै जनता समाजवादी पार्टी (जसपा) विभाजनउन्मुख बनेको छ । पार्टीको केन्द्रमा विवाद बढिरहँदा त्यसको उत्कर्ष रूप प्रदेशमा देखिन थालेको छ ।प्रधानमन्त्री ओलीकै कारण तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपा हतारहतार २०७७ वैशाख १० गते एकीकरणमा जोडिएका थिए । गत वर्ष वैशाख ८ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी विभाजन गर्न सहज हुने गरी प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका थिए ।

समायोजनप्रति जसपामा विवाद

जनता समाजवादी पार्टी, नेपाल मोरङमा राजकुमार यादव संयोजक भएको समाचारप्रति सो पार्टीका अर्का समूहले आपत्ति जनाएको छ ।       राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी नेपालले वडा समितिदेखि जिल्ला तहमा ५०÷५० प्रतिशत पदाधिकारी रहनुपर्ने सहमति हुँदाहुँदै एकलौटी तथा एकतर्फी पूर्वसमाजवादी पार्टीका जिल्ला अध्यक्षलाई जिल्ला संयोजक बनाएको कुरा अस्वीकार्य रहेको पूर्वराष्ट्रिय जनता पार्टी मोरङका अध्यक्ष मोहम्मद कादिरले आज पत्रकार सम्मेलनमा जानकारी दिए ।    ...