बिरामीकाे मृत्युपछि आफन्तले घेरे बुटवलकाे तिनाउ अस्पताल

बुटवल – बुटवलको तिनाउ इन्टरनेशनल अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन्। नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका डाक्टरको लापरबाहीले चाैधरीकाे मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले घटनाको छानबिन, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन्। […]

सम्बन्धित सामग्री

रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका- २ रिङरोडमा आइतबार  ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  ट्याक्टरका सहचालक सैनामैना– ४ झारबैराका ६० वर्षीय ठगे थारू रहेका प्रहरीले जनाएको छ । उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । आइतबार साँझ लु २ त ६१८५ नम्बरको  ट्याक्टरबाट खसेका थारूलाई सोही  ट्रयाक्टरको पछाडिको चक्काले किचेको थियो ।  ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले  जनाएको छ । -न्युज कारखाना

रुपन्देहीमा ट्याक्टरले किचेर सहचालकको मृत्यु

काठमाडौं – रुपन्देहीको सैनामैना नगरपालिका-२ रिङरोडमा ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको छ । आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो । सहचालक सैनामैना-४ झारबैराका ६० वर्षीय ठगेको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले […]

ट्र्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौं : रूपन्देहीको सैनामैना नगरपालिका २ रिङरोडमा ट्र्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सैनामैना नगरपालिका ४ झारबैराका ६० वर्षीय ठगे थारुको मृत्यु भएको हो।तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा हिजो साँझ ६ बजे थारुको मृत्यु भएको हो। लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले ठक्कर दिएको थियो। ट्र्याक्टरचालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ ।

बिरामीको मृत्युपछि बुटवलको तिनाउ अस्पताल घेराउ

खुट्टाको अपरेसन गर्दा बिरामीको मृत्यु भएपछि आफन्तहरूले बुटवलको तिनाउ इन्टरनेसनल अस्पताल घेराउ गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको अपरेसन गर्ने क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

खुट्टाको शल्यक्रिया गर्दा मृत्यु भएपछि तिनाउ अस्पताल घेराउ

२ चैत, बुटवल । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको शल्यक्रिया गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरूले डाक्टरको लापरबाही भएको भन्दै अस्पताल घेरेर नाराबाजी गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रियाका क्रममा बुधबार बिहान मृत्यु भएको हो । अस्पतालका डाक्टरको लापरबाहीले ताराप्रसादको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले घटनाको छानबिन, […]