२ चैत, बुटवल । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको शल्यक्रिया गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरूले डाक्टरको लापरबाही भएको भन्दै अस्पताल घेरेर नाराबाजी गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रियाका क्रममा बुधबार बिहान मृत्यु भएको हो । अस्पतालका डाक्टरको लापरबाहीले ताराप्रसादको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले घटनाको छानबिन, […]