खुट्टाको अपरेसन गर्दा बिरामीको मृत्यु भएपछि आफन्तहरूले बुटवलको तिनाउ इन्टरनेसनल अस्पताल घेराउ गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको अपरेसन गर्ने क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
बुटवल – बुटवलको तिनाउ इन्टरनेशनल अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन्। नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका डाक्टरको लापरबाहीले चाैधरीकाे मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले घटनाको छानबिन, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन्। […]