रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका- २ रिङरोडमा आइतबार  ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  ट्याक्टरका सहचालक सैनामैना– ४ झारबैराका ६० वर्षीय ठगे थारू रहेका प्रहरीले जनाएको छ । उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । आइतबार साँझ लु २ त ६१८५ नम्बरको  ट्याक्टरबाट खसेका थारूलाई सोही  ट्रयाक्टरको पछाडिको चक्काले किचेको थियो ।  ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले  जनाएको छ । -न्युज कारखाना

सम्बन्धित सामग्री

बसबाट ओ‌र्लने क्रममा यात्रुलाई किच्दा एकजनाकाे मृत्यु, दुईजना घाइते

दाङ- रुकुम-पश्चिममा बसबाट ओर्लने क्रममा बसले किच्दा एकजनाको मृत्यु भएको छ। जिल्लाको आठविसकोट नगरपालिकामा बसबाट ‌ओर्लने क्रममा बसले किच्दा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। शुक्रबार साँझ आठविसकोट नगरपालिका वडा नम्वर ११ को चिसापानीमा ना ३ ख ५२०७ नम्बरको रात्रि बसले किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। आठविसकोट नगरपालिकाका नगर […]

पिकअपले किच्दा बालकको मृत्यु

इलामको सूर्याेदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढवर्षे बालकको मृत्यु भएको छ।

गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु

रेसुङ्गा – गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिए। खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्र्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक खस्दा […]

बसले किच्दा १५ महिने बालकको मृत्यु

काठमाडौँ- बुटवलमा बसले किच्दा १५ महिने बालकको मृत्यु भएको छ । आइतबार बुटवल ११ मझुवामा बसले किच्दा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका छोरा बिहानी खत्री रहेका छन् । गम्भीर घाइते भएका बालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको […]

बसले किच्दा बुटवलमा १५ महिने बालकको मृत्यु

बुटवलमा बसले किच्दा १५ महिने बालकको मृत्यु भएको छ । आइतबार बुटवल–११ मझुवामा बसले किच्दा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका छोरा बिहानी रहेका छन् ।गम्भीर घाइते भएका बालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । – न्युज कारखाना

ट्र्याक्टरले किच्दा बालकको मृत्यु

भोजपुर : भोजपुर नगरपालिका–१२ छ चौतारामा ट्र्याक्टरले किच्दा बालकको मृत्यु भएको छ।बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ को ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।दुर्घटनापछि फरार चालकलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए।घटनाबारे अनुसन्धान थालेको उनले बताए। बालकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ।

डोजरले किच्दा हुलाकी सडक आयोजनाका सुपरभाइजरको मृत्यु

डोजरले किच्दा कपिलवस्तुकाे महाराजगंज नगरपालिका– २ गैडाहावमा हुलाकी सडक आयोजनाका सुपरभाइजरको मृत्यु भएको छ।...

रूखले किच्दा धनुषामा दुई बालबालिकाको मृत्यु

२१ माघ, जनकपुर । हावाहुरीले रूख ढल्दा शुक्रबार धनुषामा दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको मसालाको रूख ढलेर किच्दा दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सात वर्षीय बालक अरबिन्द सदा र आठ वर्षीया प्रतिमाकुमारी सदा रहेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र […]

डोजरले लडाएको ढुंगाले गुडिरहेको जिपलाई किच्दा तीनजनाको मृत्यु

गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुंगाले किच्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नम्बरको बोलेरोमा सवार तीनजनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा...

ट्रकले किच्दा एक जनाको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. ४ को हलगढामा शुक्रबार बिहान ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ।...