सत्तारुढ दल आगामी स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर जाने भएका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एकताबद्ध भएर स्थानीय चुनावमा जाने सहमति भएको हो । बैठकबाट बाहिरिएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनावमा एक भएर जाने सहमति भएको बताउँदै देशभरका ६ महानगरको उम्मेदवारको टुंगो केन्द्रीय गठबन्धनले नै टुंगो लगाउने सहमति भएको बताए । ‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको छ । महानगरको निर्णय माथिबाट